site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्री यादव भन्छिन्– अभिव्यक्ति दिँदा सचेत रहनेछु 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की नदिएको बताएकी छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले माघ ५ गते दिएको अभिव्यक्तिलाई अत्तिरञ्जित नगरिदिन अनुरोध गरेकी छन् ।
 
मन्त्री यादवले यही माघ ५ गते रौतहटको गौर पुगेर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै विरोध भइरहेको छ । मन्त्री यादवले ‘बलिदानी दिवस’को अवसरमा आयोजित कार्यक्रममा गौरमा फणा देखाउने प्रयास गरे लाठी भाँच्न यहाँका मानिसले जानेका छन् भन्दै अभिव्यक्ति दिएकी थइन् ।
 
साथै उनले तुफानसँग टकराउने प्रयास गरे गौरको राइस मिलमा भएको घटना पुनः दोहोरिने संकेत गरेकी थिइन् । “म डाक्टर साबलाई भन्छु, त्यो इतिहास नभुलुनू नत्र तपाईंका कार्यकर्ता मारिन्छन्,” उनले भनेकी थिइन् ।
 
विज्ञप्तिमार्फत मन्त्री यादवले आफ्नो अभिव्यक्तिको गलत प्रचार भएको भन्दै आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको उल्लेख गरेकी छन् ।
 
“उक्त वक्तव्यलाई अत्तिरञ्चित नगरिदिन हुन विनम्र आग्रह पनि गर्दछु । मेरो बक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भम पर्न गएकोमा सोप्रति दुःख व्यक्त गर्दछु,” यादवले लेखेकी छन्, “साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । अगामी दिनमा यसप्रति सचेत रहनेछु ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !