site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अभिभावक महासंघ भन्छ– विश्वविद्यालयले परीक्षा स्थगित गर्नुपर्छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना संक्रमण हुँदाहुँदै पनि विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा दिन बाध्य पारेको समाचार सञ्चारमाध्यममा आएपछि नेपाल अभिभावक महासंघले आपत्ति जनाएको छ ।

महासंघका अध्यक्ष शुप्रभात भण्डारीले बाह्रखरीसँग कुरा गर्दै भने, “संक्रमित हुँदाहुँदै पनि परीक्षा देऊ भन्नु अपराध हो । परीक्षा तुरुन्त स्थगित गर्नुपर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनाको ‘हटस्पट’ बन्न थालेपछि काठमाडौं उपत्यकाका कतिपय सरकारी कार्यालयका कामकाज नै बन्द भएको छ । जिल्ला प्रशासन कार्यालयहरू तथा अड्डा, अदालतले अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेका छन् । कर्मचारी नै संक्रमित भएपछि सेवा बन्द गरिएको हो ।

विश्वविद्यालयले पनि आफैँ सचेत भएर ‘एक्सन’ लिनुपर्ने उनी बताउँछन् । उनी भन्छन्, “परीक्षालाई अत्यावश्यक काम त मानौँला, तर यो अवस्थामा परीक्षा एक–डेढ महिना सार्दा के फरक पर्छ ? यो भयावह स्थिति हो । अहिलेको बेला सिँगौरी खेलेर हुँदैन ।”

Global Ime bank

उनले विद्यार्थीले परीक्षा दिन चाहन्छन् भने पनि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्नैपर्ने बताए । “विद्यार्थीले परीक्षा चाहेको जस्तो देखिन्न,” उनले थपे, “मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना छ भने स्वास्थ्य मापदण्ड पालना नगरी परीक्षा गराउने विश्वविद्यालयका पदाधिकारीलाई कारबाही खै ?”

बुधबार पूर्वाञ्चल विश्वविद्यालय (पीयू)मा बीएएलएलबीको पाँचवर्षे कोर्सको परीक्षा चलिरहँदा कोरोना संक्रमित भएका परीक्षार्थी पनि समावेश भएका थिए । संक्रमित विद्यार्थीसँग बसेर परीक्षा दिनुपरेपछि पीयूको आंगिक क्याम्पस काठमाडौं स्कुल अफ लका विद्यार्थीहरूले परीक्षा केन्द्रहरू कान्तिपुर इन्टरनेसनल कलेज र हिमालयन ह्वाइटहाउसमा प्रदर्शन गरेका थिए । प्रहरी हस्तक्षेपपछि उक्त प्रदर्शनमा झडपसमेत भएको थियो ।

विद्यार्थीहरूले वर्ष ‘ग्याप’ होला भनेर संक्रमित भए पनि परीक्षा दिइरहेका छन् । परीक्षा कम्तीमा एक महिना स्थगित गर्नुपर्ने विद्यार्थी तथा अभिभावकको माग छ ।

परीक्षा स्थगित गर्न विश्वविद्यालयका रजिष्टारहरूसँग कुरा गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले जनाएको छ । “स्थगित नभए प्रधानमन्त्रीसँगै कुरा गर्छौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !