देश
काठमाडौं । बेलायतमा नेपाली नर्स पठाउने विषयमा छलफलका लागि दुई देशबीच पहिलो चरणको बैठक आज दिउँसो २ बजे बस्दैछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपालका लागि बेलायती दूताबासका प्रतिनिधीबीच नर्सहरु पठाउने प्रक्रिया, निर्देशिका आदिबारे छलफलका लागि बैठक बस्न लागेको हो ।
बेलायत सरकारले यअसभि नै ‘जिटुजी’ माध्यमबाट नेपाली नर्स पठाउने टुंगो लागिसकेको छ । आजको बैठकले कुन तहका नर्स कसरी पठाउने, त्यहाँ गएर काम गर्न कस्ता निकायहरुमा स्वीकृति दिने आदिबारे टुंगो लगाउने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८ १२:१८
प्रतिक्रिया दिनुहोस्