site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइतीघरमा केएमसीका विद्यार्थीको प्रदर्शन
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का विद्यार्थीहरूले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । एक महिनाभन्दा लामो समयदेखि उनीहरू आन्दोलित छन् ।

यसअघि, उनीहरूले क्याम्पस परिसरमा प्रदर्शन गर्दै आएका थिए । माग सम्बोधन नभएको भन्दै विद्यार्थीले केही दिनयता भने सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा संयुक्त रूपमा आन्दोलन गरिरहेका थिए ।

आज अभिभावकसहित ६ विद्यार्थी संगठनको सहयोगमा माइतीघरमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले ‘मेडिकल माफिया मुर्दावाद’, ‘हाम्रो भविष्य सुनिश्चित गर,’ ‘लुटतन्त्र बन्द गर’लगायत लेखिएका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।

चिकित्सा शिक्षा आयोगको नियमविपरीत केएमसीले विद्यार्थीसँग अतिरिक्त शुल्क माग गर्दै छात्रावास, इन्टर्नसिपलगायत शीर्षकमा करारनामा तयार पारी रकम असुल्न खोजिएको उनीहरूको आरोप छ ।

कलेजले विद्यार्थीसँग चार लाख रुपैयाँ शुल्क उठाइसकेको छ । अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीलाई कक्षामा प्रवेश गर्न दिइएको छैन ।

यस्तै, पोखराको मणिपाल मेडिकल कलेज र विराटनगरको नोबेल मेडिकल कलेजमा पनि अतिरिक्त शुल्क लिइएको भन्दै विद्यार्थीहरू आन्दोलित छन् ।

विद्यार्थीहरूले माइतीघरमा प्रदर्शनपछि नारा लगाउँदै नयाँ बानेश्वर पुगी कोणसभा गरेका थिए । त्यसपछि विद्यार्थीहरू पुनः सिनामंगलस्थित केएमसी कलेज परिसरमा धर्नामा बसेका छन् ।

विद्यार्थीको समस्या समाधान गर्न आयोगले अहिलेसम्म सम्बन्धित कलेज सञ्चालकसँग स्पष्टीकरण सोध्नेबाहेक अरू केही गरेको छैन ।

तर, गृह मन्त्रालयले भने काठमाडौं उपत्यकाका तीनसहित १२ जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र लेखी आयोगले तोकभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कानुनको दायरामा ल्याउन गएको साता नै निर्देशन दिइसकेको छ ।

बढी शुल्क लिने मेडिकल कलेजको लाइसेन्स खारेजसम्म गर्ने अधिकार आयोगसँग छ भने ठगी मुद्दा हाल्नेसम्मको अधिकार जिल्ला प्रशासन कार्यालयलाई छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro