site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नबिल बैंकको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ ।

नबिल डिजिबैंक पोर्टल’मार्फत बैंकका ग्राहकहरूले एकद्वारमार्फत अनलाइन सेवाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टलमार्फत बैंकले आफ्नो उत्पादन सेवालाई स्वचालित बनाएको बैंकले जनायो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बिहीबार नबिल डिजिबैंक पोर्टलको सुरुवात गरेका हुन् । “कम्प्युटराइज्ड बैंकबाट सुरु भएको यात्रा अब भने साँच्चिकै डिजिटल बैंकको रूपमा विकास भएको छ । विगत ३७ वर्षमा बैंकले विभिन्न कोशेढुंगा पार गरेर देखाएको छ । बैंकका विभिन्न उपलब्धिमध्ये नबिल डिजिबैंक पनि एक हो । बृहत् डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा उक्त परियोजना स्थापना गरिएको थियो । बैंकले नबिल डिजिबैंक पोर्टलमार्फत उक्त परिकल्पनालाई साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामा थप एक पाइला अघि बढाएको छ,” बैंकले भनेको छ ।

नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल एसएमई लोन आवेदनलगायत अनलाइन सेवा उपलब्ध रहेको छ । यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको जनाएको छ ।

Royal Enfield Island Ad

प्रमुख कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने  (भीकेवाईसी) र भर्चुअल आईकार्डलगायत थप दुई नयाँ अनलाइन सेवाह पनि सार्वजनिक गरे । भीकेवाईसीको सुरुवातसँगै ग्राहकहरूसँग केवाईसी प्रमाणीकरणका लागि केवाईसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेस गर्ने दुई विकल्प उपलब्ध भएको छ । भीकेवाईसी छनोटमार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्वनिर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचानसम्बन्धी कार्य पूरा गर्नुपर्ने उनले बताए ।

त्यसैगरी, नबिल भर्चुअल आईकार्ड नबिल स्मार्ट बैंक एपभित्र इमबोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । साथै, टप–अप पनि गर्न सकिन्छ ।

यो नबिल बैंकको डिजिटल यात्राको सुरुवात मात्रै भएको शाहले बताए । उनले आगामी दिनमा नबिल डिजिबैंक पोर्टलमा बैंकका धेरैभन्दा धेरै सेवा उपलब्ध गराउने मात्र नभई बैंकको सेवाका साथै अन्य संस्थाहरूसँग सहकार्य गर्दै बिल भुक्तानी, यात्रा, खाना, किनमेललगायत सुविधा समेत प्रदान गरिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro