site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस नसुध्रिए सकिन्छ : गगन थापा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी 'इलेक्सन टू इलेक्सन'मा मात्रै केन्द्रित भएको बताएका छन् । शंकर तिवारीद्वारा लिखित 'कसले सुधार्छ कांग्रेस ?' पुस्तकको विमोचन कार्यक्रममा उनले कांग्रेस नसुध्रिए सकिने बताए ।

नौ लाख पार्टी कार्यकर्तालाई मात्रै नभएर अरूलाई पनि कांग्रेस सुध्रियोस् भन्ने बोध भए त्यसै विजयी हुने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले इलेक्सनभन्दा पर हेर्न सकेका छैनौँ । इलेक्सन टू इलेक्सन । इलेक्सन आयो जित्नुपर्छ । इलेक्सन जित्नका लागि अर्गनाजेसन बनायौँ,” उनले भने ।

थापाले चुनाव मात्रै जित्ने भन्ने कुराबाट बाहिर निस्कनुपर्ने बताए । उनले महाधिवेशनबाट पार्टीलाई ९ लाखभन्दा पर छ भन्ने बनाउने खालको व्यक्तिलाई जिताउनुपर्ने बताए । यो महाधिवेशनपछि १५ लाख व्यक्तिलाई कांग्रेसमा जोड्नुपर्ने बताए । 

Global Ime bank

“पार्टी भनेको ९ लाख मान्छे मात्रै होइन है । त्यो भन्दा धेरै पर छ । इलेक्सनकै म्याथ म्याटिक्सले हेर्ने हो भन यो महाधिवेशनपछि नेपाली  कांग्रेस कहिल्यै नभएको, नेपाली कांग्रेसको सदस्यता कहिल्यै नलिएको, जय नेपाल कहिल्यै नभनेको,” उनले भने, “रुख चिह्नमा कहिल्यै मत नहालेको १५ लाख नयाँ मान्छेलाई नेपाली कांग्रेससँग जोड्नुपर्छ । अनि मात्रै कांग्रेस बन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement