site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादी बैठक : १२ समूहमा छलफल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीका सदस्यहरूलाई १२ वटा समूहमा विभाजन गरिएको छ । केन्द्रीय कमिटीमा प्रस्तुत गरेको दस्ताबेजमा छलफलका लागि १२ समूह बनाइएको हो ।

आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही दस्ताबेजमाथि  छलफल भइरहेको छ । 

समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेर भोलि बैठक सक्ने तयारी गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro