site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
१६ जिल्लाको अधिवेशन महाधिवेशनपछि मात्रै, कुन समूहका कति सभापति ? 

काठमाडौं । नेपाली कांग्रेसले ६१ जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । प्रदेश एकका सबै १४ जिल्ला र कर्णालीका सबै १० जिल्लाका अधिवेशन सम्पन्न भएका छन् । प्रदेश दुईका ८ मध्ये कुनै पनि जिल्लाको जिल्ला अधिवेशन हुन सकेको छैन । 

वाग्मतीमा चितवन, मकवानपुर, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवेशन हुन सकेको छैन ।  गण्डकी प्रदेशको नवलपुर (नवलपरासीपूर्व) र लुम्बिनी प्रदेशको बाँकेमा अधिवेशन भएका छैनन् । 

यस्तै सुदूरपश्चिम प्रदेशमा कैलाली र अछाममा जिल्ला अधिवेशन भएको छैन । यी सबैमा जिल्ला अधिवेशन भने महाधिवेशन पछि मात्र हुनेछ । 

Argakhachi Cement Island Ad

प्रदेश–२ का कतिपय जिल्लामा बुधबार क्षेत्रीय अधिवेशन भइसकेको छ । क्षेत्रीय अधिवेशनपछि महाधिवेशन प्रतिनिधि चयन भइसक्ने हुँदा जिल्ला अधिवेशन महाधिवेशनपछि गर्नेगरी रोकिएको हो । 

बिहीबारबाट प्रदेश अधिवेशन सुरु हुने भएकाले १६ जिल्लाको अधिवेशन महाधिवेशन पछि गर्नुपर्ने भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी गराए ।

६१ जिल्लाको अधिवेशन सम्पन्न हुँदा पौडेल–कोइराला पक्षको बलियो पकड भएका प्रदेश–१ र गण्डकी र कर्णाली प्रदेशमा देउवा पक्षले आफ्नो उपस्थिति बलियो पारेको छ । 

प्रदेश–१ र गण्डकीमा गरी सिटौला पक्षले दुई सभापति आफ्नो पक्षका जिताएको दाबी गरेको छ । देउवा समूहले २८, पौडेल पक्षले २८ र सिटौला पक्षले २ जिल्ला सभापति जितेको दाबी गरेका छन् भने विमलेन्द्र निधि निकट एक जिल्ला सभापति निर्वाचित भएका छन् । 

देउवा समूहले दाबी गरेका जिल्ला सभापति 

१. गजेन्द्रप्रसाद तुम्याहाङ, ताप्लेजुङ

२. पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप

३. मोहनविक्रम सिंह, हुम्ला

४. ऐनबहादुर शाही, मुगु

५. खडक बोहरा, बझाङ

६. खमबहादुर गर्बुजा, म्याग्दी

७. शंकर गुरुङ, मनाङ

८. केशरबहादुर विष्ट, सल्यान

९. दीपेन्द्र शाही, डोल्पा

१०. भीमबहादुर साउद, डडेल्धुरा

११. कर्णबहादुर शाही, जुम्ला

१२. रुपनारायण जवेगु, पाँचथर

१३. डा. टकबहादुर गुरुङ, लमजुङ

१४. नरेन्द्रबहादुर सिंह, डोटी

१५. तेजेन्द्र खनाल, ओखलढुंगा

१६. युवराज जोशी, पर्वत

१७. डम्बर खड्का, इलाम

१८. रामकृण खाँण, रुपन्देही

१९.पदम बोगटी, कञ्चनपुर

२०. पेम्बाछिरिङ तामाङ, रसुवा

२१. खड्क पोखरेल, सुर्खेत

२२. जीतप्रकाश आले, तनहुँ

२३. हिमाल कार्की, उदयपुर

२४. दुर्लभ थापा, भक्तपुर

२५ अरुणप्रकाश सिंह राठौर, बर्दिया

२६ तिर्थ लामा, काभ्रे

२७. दिनेश राई, धनकुटा

२८. नाम्गेल जाङ्बु शेर्पा, सोलुखुम्बु

 

पौडेल समूह :

१. दीपक खड्का, संखुवासभा

२. अम्मबहादुर शाही, कालीकोट

३. बर्मा लामा, दोलखा 

४. रोमी गौचन थकाली, मुस्ताङ

५. शंकर डाँगी, दाङ

६. नन्दप्रसाद न्यौपाने, गोरखा

७. रामसिंह रावल, बाजुरा

८. केशव श्रेष्ठ, अर्घाखाँची

९. विष्णुकुमार गिरी, प्यूठान

१०. चतुरबहादुर चन्द, बैतडी

११. विनोद बान्तवा, भोजपुर

१२. अर्जुनबहादुर तुम्बाहाङ्फे, तेह्रथुम

१३. किशोर आचार्य, रोल्पा

१४. विष्णुकुमार राई, खोटाङ

१५. ललितसिंह बोहरा, दार्चुला

१६. राजु थापा, स्याङ्जा

१७. हिमालदत्त श्रेष्ठ, पाल्पा

१८. अर्जुनकुमार पोखरेल, पश्चिम नवलपरासी

१९. मणिराम रेग्मी, दैलेख

२०. अब्दुल कलाम, कपिलबस्तु

२१. केदार भण्डारी, सुनसरी

२२. कृष्ण बानियाँ (सबुज), काठमाडौं

२३. रामनाथ अधिकारी, धादिङ

२४. खिलध्वजपन्थी, गुल्मी

२५. केशरमान रोका, रुकुमपूर्व

२६. जितेन्द्र श्रेष्ठ, ललितपुर

२७. प्रेमप्रकाश ओली, रुकुम पश्चिम

२८.डिगबहादुर लिम्बु,मोरङ

सिटौला समूह

१. देउमान थेवे, झापा

२. जीत शेरचन, बाग्लुङ

निधि समूह

१. किशोरदत्त बराल, कास्की

पौडेल देउवा दुबैले आफ्नो दाबी गरिरहेका 

१. रमेश महत, नुवाकोट

२. बेदराज सिंह, जाजरकोट

यसमध्ये सर्वसम्मत सभापति चयन भएका जाजरकोटका बेदराज सिंहलाई देउवा र पौडेल दुबै पक्षले आफ्नो दावी गरिरहेका छन् । यस्तै नुवाटकोटमा केसी महत गठबन्धनमा महत पक्षबाट निर्वाचित भएका सभापति रमेश महतलाई पनि दुबै पक्षले आफ्नो दावी गरिरहेका छन् । 

यसअघि रुकुमपूर्वका केशरमान रोकालाई दुवै पक्षले दावी गर्दै आएका थिए । तर, सभापतिमा बहुमत आफ्नो पक्षमा देखिएसँगै संस्थापनपक्षले रोकालाई संस्थापनइतरको सूचीमा राखिरहेको छ । यस्तै ललितपुरमा देउवा निकटहरु पूर्वसभापति मदनबहादुर अमात्य र उदयशमशेर राणाको संघर्षमा दुबै पक्षले पौडेल निकटका उमेदवारहरुलाई समर्थन गरेका थिए । 

मदन अमात्यले रामकृष्ण महर्जन उदयशमशेरले जीतेन्द्र श्रेष्ठलाई उमेदवार बनाएका थिए । त्यही आधारमा जीतेन्द्रको नाम पनि संस्थापनले आफ्नो सूचीमा राख्दै आएको छ । तर, श्रेष्ठ स्वयम्ले भने जीतपछि प्रकाशमान सिंहलाई भेटेर सहयोग गर्ने बचन दिइसकेको खुलेको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्