site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले ओलीलाई भने– सबैलाई मिलाएर लैजानोस्
Sarbottam CementSarbottam Cement

सौराहा । नेकपा (एमाले)को जारी १०औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा नेता व्यवस्थापनमा सकस बढेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा कार्यसमिति र पदाधिकारीमा बस्ने नेताहरूको नामावली टुंगो लगाउन नसक्दा पार्टीको दोस्रो दिनको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष ओली होटेल पार्क सफारी रिसोर्टमा बसेर आफूनिकट नेता तथा पदाधिकारीका आकांक्षीहरूसँग छलफल गरिरहेका छन् ।

सोहीक्रममा केही समयअघि अष्टलक्ष्मी शाक्य  र युवराज ज्ञवालीले अध्यक्ष ओलीलाई भेटेर फर्किएका छन् । भेटमा उनीहरूले ओलीलाई सहमतिमा कार्यसमिति चयन हुनुपर्ने भन्दै सबैलाई मिलाएर लैजान अनुरोध गरेका थिए ।

Global Ime bank

पार्टीको नवौँ महाधिवेशनबाट शाक्य र ज्ञवाली दुवै उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । पार्टी विभाजनपूर्वसम्म माधवकुमार नेपाल समूहमा रहेका उनीहरू माधव नेपालले पार्टी फुटाएर जाँदा भने एमालेमा बसेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement