site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्यानलाई खेलाडीको १९ बुँदे ज्ञापनपत्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले नेपाल त्रिकेट संघ (क्यान)लाई १९ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

‘सेन्ट्रल कन्ट्रयाक्ट’का लागि गरिएको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउँदै खेलाडीले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । त्यसपछि क्यान र खेलाडीबीच जुहारी चलेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलाडीले ‘अभिभावक संस्थाबाट अन्याय भएको’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि क्यानले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ खेलाडीले बुझाइसकेका छन् ।

त्यसबाहेक खेलाडीले एक साताअघि १९ बुँदे छुट्टै पत्र क्यानलाई बुझाएका छन् । “हो, खेलाडीले पत्र पठाएका छन् । हामीले स्पष्टीकरण सोधेका थियौँ । त्यसको काउन्टर दिन उनीहरूले त्यो पत्र बुझाएको भन्ने लाग्छ,” क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले भने, “स्पष्टीकरणमा पनि उल्टै क्यानलाई आरोप लगाएर बुझाएका छन् । त्यो अर्को पत्रबारे पनि हामी अध्ययन गरेर निर्णय लिन्छौँ ।”

Global Ime bank

खेलाडीको स्पष्टीकरणबारे अध्ययन गर्नका लागि मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास सम्मिलित पाँच सदस्यीय समिति बनाइएको थियो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई यस विषयमा सोध्दा उनले आफू गृहजिल्लामा रहेकाले यसबारे जानकारी नभएको बताए । उनी हालै नेपाली कांग्रेसको बैतडी जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्रले पनि यसबारेमा बोल्न अस्वीकार गरे । उनले भने, “जहाँबाट यो कुरा थाहा पाउनुभएको हो, उसैलाई सोध्नुहोस् ।”

खेलाडीको ज्ञापनपत्र र स्पष्टीकरणबारे निर्णय गर्न क्यानमा आज बैठक बस्दै छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय