site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देश बचाउन चुरे दोहन रोक्नु पर्नेमा राष्ट्रपति भण्डारीको जोड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जनकपुरधाम । राष्ट्रपति विद्या देवी भण्डारीले देश बचाउन चुरे दोहन रोक्नु पर्ने बताएकी छन् । सोमबार महोत्तरीको नव निर्मित रङ्गशाला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । “देशलाई बचाउन चुरे दोहन रोक्नु पर्छ । दोहन रोक्ने प्रणालीलाई व्यवस्थित गर्नु पर्छ । चुरे दोहन रोकेपछि मात्र दिगो विकास हुन्छ,” उनले भनिन् ।  

चुरे देशबासी र तराइका लागि लाइरुफ लाइन रहेको भन्दै उनले चुरे उजाडले देशलाई ठूलो घाटा भइरहेको बताइन् । सरकारलाई चुरे दोहन रोक्न उनले ध्यानकर्षण गराइन् । देशमा स्वरोजगारको व्यवस्था गर्न पनि उनले जोड दिइन् । 

राष्ट्रपति भण्डारीले महोत्तरीको मटिहानीस्थित नवनिर्मित रङ्गशालाको उद्घाटन गरेकी हुन् । त्यस्पछि राष्ट्रपति भण्डारीले नेपालकै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन, ५५० वर्षको इतिहास बोकेको मटिहानीस्थित लक्ष्मी नारायण मठ र जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शनलगायत कार्यक्रमको रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement