site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश २ मा नेकपा (एस)बाट शत्रुधन र प्रमोद मन्त्री बन्ने पक्का, आइतबार शपथ
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । प्रदेश २ सरकार आगामी आइतबार विस्तार हुने भएको छ । सत्तारूढ दलकै तीन मन्त्री बर्खास्त भएको करिब ६ महिनापछि सरकार विस्तार हुन लागेको हो ।

प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी हुँदैछ । नेकपा (एस)बाट मन्त्री बन्ने टुङ्गो लागिसकेको छ । जसमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा प्रदेश मामिला मन्त्रालय लिएर नेकपा (एस) प्रदेश २ सरकारमा सहभागी हुने तय भएको संसदीय दलका नेता शत्रुधन महतोले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयको टुङ्गो लागेपछि एकीकृत समाजवादीले संसदीय दल0का नेतासमेत रहेका धनुषाका शत्रुधन महतो र सिराहाका सांसद प्रमोद यादवलाई मन्त्री बनाउने निर्णय गरेको छ ।  महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र यादवलाई कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री बनाउने निर्णय भएको हो ।

एउटा राज्यमन्त्री दिने सहमति भएपनि तत्काल शपथग्रहण नहुने बुझिएको छ । आइतबार दिउसो २ बजे नयाँ मन्त्रीको शपथग्रहण हुनेछ ।

Global Ime bank

नेकपा (एस) लाई सरकारमा सहभागी गराउन मुख्यमंत्री लालबाबु राउतले जसपाकै उद्योग पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरेका थिए । यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन ज्ञानेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिएका थिए । अब प्रदेशमा चार दलीय गठबन्धनको सरकार हुनेछ । जसापको नेतृत्वमा कांग्रेस तीन र माओवादी केन्द्र एक मन्त्रालयसहित सरकारमा छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement