अर्थ व्यवसाय
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प आयोजना गरेको छ । मंसिर ३ देखि ७ गतेसम्म नेपालभर रहेका टाटा मोटर्सको शो रुमहरूमा क्याम्प आयोजना गरिएको हो ।
टाटा मोटर्सको शो रुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अल्ट्रोज, एचफाइभ, नेक्सन, नेक्सनइभी, टियागो र टिगोरलगायत गाडीहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।
साथै, एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्रान्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्यांकन प्राप्त गर्न सकिने र आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त हुने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८ १४:४४
प्रतिक्रिया दिनुहोस्