site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पारा ओलम्पियन पलेशा नगदसहित सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । पारा ओलम्पियन पलेशा गोबर्द्धनलाई शुक्रबार इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले एक लाख एक हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ ।

पलेशाले टोकियो पारा ओलम्पिक २०२० मा मुख्य ‘ड्र’ को पहिलो खेलमा पराजित भएपनि रिपाचेजमा पुनः अवसर पाएकी थिइन् । रिपाचेजमा पलेशाले पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाकी खेलाडीलाई हराएकी थिइन् । काश्य पदकका लागि भएको भिडन्तमा पलेशा चीनकी खेलाडीसँग हारेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पलेशाले पदक हात नपारे पनि आफ्नो प्रदर्शनबाट देशवासीलाई खुसी दिन सफल भएकोमा आफूलाई गर्व लागेको बताइन् । उनले आगामी दिनमा पदकका लागि अझ बढी मिहिनेत गर्ने बताइन् ।

पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्ट पनि नगदसहित सम्मानित भए । लामा र विष्टले समान ५१ हजार रुपैयाँ नगद हासिल गरे । प्रशिक्षणका क्रममा पलेशाको फिजियोथेरापिस्ट रहेकी नेहा शाह, नेपाली पारा तेक्वान्दोमा योगदान पुर्‍याएवापत जनार्जन ढुंगेल र हाल क्यानाडामा रहेका पूर्व पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । 

Global Ime bank

आईओएफटीसी अमेरिकाको मिचिगनमा
अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १३औँ संस्करण अमेरिकाको मिचिगनमा हुने आयोजकले बताए । आईओएफटीसीको प्रायोजनमा मिचिगनको एभरेष्ट तेक्वान्दो संघले आयोजना गर्न लागेको प्रतियोगिता १३ र १४ मेमा हुने संयोजक लवप्रसाद गोर्खालीले बताए ।

यसअघि प्रतियोगिता २०२० मे १ र २ मा मिचिगनमै हुने तय भएपनि कोभिड– १९ का कारण स्थगित गरिएको थियो । उक्त प्रतियोगिताका लागि नेपालबाट सहभागी हुने पाँच खेलाडीसमेत छनोट गरिसकेको थियो ।

नयाँ मितिमा हुने प्रतियोगिताका लागि अर्को छनोट प्रतियोगिता गर्ने कि पहिले नै छनोट भएका खेलाडीलाई सहभागी गराउने भन्ने विषयमा टुङ्गो नलागेको गोर्खालीले बताए । उनले सकेसम्म नयाँ खेलाडी छनोट गर्ने बताए । प्रतियोगितामा २० राष्ट्रका ६ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । प्रतियोगितामा सिनियर र जुनियरमा गरी ६५ स्वर्ण, ६५ रजत र १३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडी सहभागी हुनेछन् ।

यसअघिका १२ संस्करणमध्ये अमेरिकामा ५, नेपालमा ४ तथा भारत, बेलायत र हङकङमा एक-एकपटक प्रतियोगिता भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement