site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पुँजी बजारमा एक दिन पनि टिकेन सुधार, कारोबार पनि घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । पुँजी बजारमा भएको सुधार एक दिन पनि टिक्न सकेन ।

नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव बुधबार पुँजी बजारमा देखिएको थियो । सोमबार ७७ अंकले झरेको सेयर बजार परिसूचक नेप्से राष्ट्र बैंकको ब्याजदरसम्बन्धी परिपत्रपछि बुधबार ६० अंकले सुधारिएको थियो । तर, त्यो सुधार एक दिन पनि टिक्न नसकेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार सेयर बजार परिसूचक नेप्से १४.७० अंकले झरेर २५५६.९५ विन्दुमा आइपुग्यो । कारोबार सुरु भएलगत्तै दोहोरो अंकले बढेको बजार पछि उतारचढाव हुँदै दोहोरो अंकले नै झर्‍यो ।

यस दिन अन्य समूह २१.९१ अंकले बढ्यो भने म्युचुअल फन्ड समूह पनि सकारात्मक मात्रै रह्यो । अरू कारोबार भएका सबै समूहमा भने गिरावट आयो । जीवन बिमा र उत्पादनमूलक समूह समान १०५/१०५ अंकले घट्यो भने विकास बैंक समूहमा पनि ९४ अंकको गिरावट आयो ।

Global Ime bank

यस दिन कारोबार परिमाणमा पनि गिरावट आयो । २१६ कम्पनीको जम्मा ६१ लाख कित्ता सेयर दुई अर्ब ६३ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन मेरो माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने जोशी हाइड्रोपावर र गुडविल फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ५/५ प्रतिशत बढीले घट्यो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय