site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतसँग भ्याक्सिन, नोटबन्दी, तुइन र नक्साको कुरा उठाएका छौँ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलको नेतृत्व गरेका उदयशमशेर राणा एकपटक सांसद र एकपटक अर्थ राज्यमन्त्रीसम्म भएका छन् । विदेशमा पढेर स्वदेश फर्किएर राजनीतिमा लागिरहेका राणा अहिले भने कांग्रेसको केन्द्रीय सदस्य, सांसद र मन्त्री कुनै पनि पदमा छैनन् ।

हालै उनी भारत भ्रमणमा गएका थिए । कांग्रेसको तीन सदस्यीय प्रतिनिधिमण्डलमा रहेर भारत गएर फर्किएका हुन् । उनले त्यहाँ के कुरा उठाए ? कांग्रेस र भारतीय जनता पार्टीको सम्बन्धलगायत विषयमा उदयशमशेर राणासँग बाह्रखरीका रमेश वाग्लेले गरेको कुराकानीको सम्पादित अंश : 

भाजपाको निमन्त्रणामा भएको तपाईंहरूको भारत भ्रमणको सन्देश के हो ?

KFC Island Ad
Dabur Nepal
NIC Asia

राजनीतिक पार्टीहरूको छिमेकी मुलुक र आफ्नो सोचाइ मिल्ने अरू देशका राजनीतिक पार्टीहरूसँग ‘एक्सचेन्ज प्रोग्राम’ हुनु नयाँ कुरा पनि होइन, ठूलो कुरा पनि होइन । हामीले कम्युनिस्ट पार्टी अफ चाइना र यहाँका कम्युनिस्ट पार्टीबीच कोभिडको समयमा पनि भर्चुअल मिटिङ भएको देख्यौँ । यसलाई धेरैले धेरै किसिमले टिप्पणी पनि गरे । म त्यसमा टिप्पणी गर्न चाहदिनँ । आइडोलोजिकल्ली मिल्ने भएपछि पार्टी–पार्टीबीच इन्टरर्‍याक्सन हुनु स्वाभाविक नै हो ।

भारतीय जनता पार्टी पनि एउटा लोकतान्त्रिक पार्टी हो । नेपाली कांग्रेस पनि लोकतान्त्रिक पार्टी । यिनै पार्टीका नेताहरू देशको प्रधानमन्त्री हुनुहुन्छ । नेपाल–भारत एउटा अत्यन्तै नजिकको सम्बन्ध हुँदाहुँदै छोटो–छोटो समयमा साना–साना विषयले अप्ठेरो परिस्थिति सिर्जना गरिरहेका छन् । समय–समयमा सम्बन्धमा उतारचढाव भइरहेको छ ।

Royal Enfield Island Ad

धेरै देशमा ‘ट्रायक टु डिप्लामेसी’को कुरा भइरहेको हुन्छ । फर्मल (गभर्मेन्ट टु गभर्मेन्ट) भन्दा अरू पनि च्यानलहरूबाट काम भइरहेको हुन्छ । मचाहिँ हामीले थालेको डिप्लोमेसीलाई ‘वान एन्ड हाफ ट्रयाक डिप्लोमेसी’ सुरुवात गरेको हो भन्न चाहन्छु । किनभने, हामीहरू सरकारमा पनि छैनौँ, संसद्मा पनि छैनौँ । तर, हामी रुलिङ पार्टीको कार्यकर्ता भइसकेपछि हाम्रो इनफर्मल च्यालन पनि स्थापित गर्न खोजेको हो ।

तपाईंले चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीको सम्बन्धको कुरा गर्नुभयो । कांग्रेसले भारतीय जनता पार्टीसँग सम्बन्ध राखेको कुरा गर्दै हुनुहुन्छ । यसले देशको सम्बन्धलाई एकातर्फ ढल्काउने काम गर्दैन र ? 

हामीलाई चिनियाँ कम्युनिस्ट पार्टीले भोलि कुनै कार्यक्रमममा बोलायो भने हामी लोकतान्त्रिक पार्टी तपाईं कम्युनिस्ट पार्टी हामी आउँदैनौँ भन्ने कुरा आउँदैन नि । एउटा रुलिङ पार्टीले बोलाएर भारत गयौँ । चीनमा त एउटै पार्टी हो । त्यो पार्टीले बोलायो भने छिमेकको पार्टीसँगको सम्बन्ध त रहन्छ नै । तर, के हो भने निम्तोचाहिँ दुवै तर्फबाट हुनुपर्दछ ।

हामीले अरूसँग सम्बन्ध नराख्ने भनेका छैनौँ । भारतीय जनता पार्टीले बोलाइसकेपछि जानु हुँदैन भन्ने तर्क गर्न त नमिल्ला नि । तर, अरू सबैसँग सम्बन्ध राख्ने कुरा गर्दा कुनै एक पार्टीसँग सम्बन्ध राख्नै नहुने भन्ने त हुँदैन नि ।

नेपाली कांग्रेस भारतका समाजवादीहरू र कांग्रेस आईभन्दा भारतीय जनता पार्टीसँग निकट हो ? 

हाम्रो आइडोलोजी र प्रिन्सिपलका आधारमा हामी भारतका समाजवादीहरूसँग निकट हौँ । तर, अहिले भारतमा समाजवादी पार्टी बाँकी छैन । भारतको अन्तिम समाजवादी प्रधनमन्त्री भनेको आईके गुजराल हुन् । भारतमा समाजवादी पार्टी अहिले ‘नन एक्जिस्टेन्स’ छ । भारतको राजनीतिमा कि त बीजेपीसँग कि त कांग्रेस आईसँग कोलिसनमा मात्र पार्टीहरूको अस्तित्व रहेको छ । जर्ज फर्नान्डेज पनि, नितिशकुमारजस्ता मान्छे पनि भारतीय जनता पार्टीको खेमा एनडीए गठबन्धनमा आबद्ध छन् ।

पोलिटिकल साइन्स र इकोनोमिक्सको विद्यार्थी हुँ म । हामीले पढ्ने बेला क्लियरकट आइडोलोजिकल डिभिजन हुन्थ्यो । अहिले धेरैतिर जिकज्याक भइसकेको छ । हाम्रै देशमा पनि माओवादी र कांग्रेस मिलेर सरकार बनेको छ, जुन कल्पना विगतमा गर्न सकिँदैनथ्यो । केपी ओली र प्रचण्ड एक ठाउँमै उभिन्छन् भन्ने परिकल्पना हुँदैनथ्यो । तर, उनीहरूले पार्टी एकता नै गरे ।

आइडोलोजिकल्ली नेपाली कांग्रेस ‘सेन्टर टु लेफ्ट’ पार्टी हो । हाम्रो सम्बन्ध भारतीय कांग्रेससँग पनि छैन भनेको होइन । तर, हामीले अरू देशको सरकारसँग डिल गर्दा त्यो देशका जनताले कसलाई चुनेका छन्, त्यही सरकारसँग गर्ने हो । तीनै पार्टीका साथीहरूसँग कोर्डिनेट गर्नुपर्छ  ।

भारतीय जनता पार्टी पनि एउटा लोकतान्त्रिक पार्टी हो । भाजपा बन्नुअघि जनसंघ थियो । त्यो बेलामा पनि हाम्रो सम्बन्ध थियो । भाजपालाई अगुवाइ गर्ने लालकृष्ण आडवानीजीसँग हाम्रा नेताहरू गिरिजाबाबु र किशुनजीको राम्रै सम्बन्ध थियो ।

हामीले बीजेपीसँग सम्बन्ध राख्नुको अर्को कारण यहाँ हामीले सरकारको नेतृत्व गरेका छौँ । भारतमा बीजेपीले सरकारको नेतृत्व गरेको छ । दुई देशको सम्बन्धमा फेरि पनि उतार–चढाव आयो भने हाम्रो पनि ‘इनफर्मल च्यानल अफ डिप्लोमेटिक कम्युनिकेसन’ गर्न यसले सहयोग पुग्नेछ ।

पहिला पनि सम्बन्ध नभएको होइन, थियो । तर, त्यसले संवादलाई निरन्तर गर्न सकेको थिएन । हाम्रो यो भिजिटले इनफर्मल च्यानलबाट वार्ता जारी राख्ने वातवरण निर्माण भएको छ ।

अहिलेको भ्रमणलाई कांग्रेसको संस्थापनले भारतीय संस्थापनको विश्वास र समर्थन खोजेको रूपमा अर्थ्याइएको छ नि !

स्वाभाविक रूपमा भारतीय संस्थापनसँग हाम्रो सम्बन्ध कहिले पनि नराम्रो थिएन, राम्रै थियो । अझ राम्रो बनाउन हामीले प्रयत्न गरेकै हो ।

भारतीय जनता पार्टीले पनि छिमेक सम्बन्ध राम्रो बनाउन आइडोलोजिकल्ली निकट र सत्तामा रहेका पार्टीहरूसँग सम्बन्ध निर्माण गर्ने प्रयास गरेको छ । त्यसकारण यो हामीले मात्र चाहेर भएको होइन । हामीले पनि चाहेको हो, तर हामीले मात्रै चाहेर भएको होइन । विजय चौथाइवालेलाई हामीले बोलाएका हौँ । अरू पार्टीले पनि बोलाएको रहेछ । अहिलेचाहिँ भारतीय जनता पार्टीले एउटा डेलिगेसनकै रूपमा पहिलोपटक बोलाएको हो । उहाँहरूले नचाहेको भए त निमन्त्रणा नै आउँदैनथ्यो नि त ।

अधिवेशनको मुखमा तपाईंहरू भारत भ्रमणमा जानुभयो । कांग्रेस संस्थापनलाई सहयोग माग्न जानुभएको हो ? 

यो प्रश्न धेरैले गरिरहेका छन् । तर, कांग्रेसका त सबै तहमा अधिवेशन हुन्छ । नेतृत्व चयनका लागि चुनाव नै हुन्छ । त्यसमा अन्य पार्टीका नेता–कार्यकर्ता वा भारतीयहरूले त्यसमा प्रभाव पार्ने कुरा आउँदैन । कांग्रेसकै कार्यकर्ताको भोटले जिताउने÷हराउने गर्छ । हाम्रो पार्टीमा जो नेतृत्व आए पनि हाम्रो फरेन पोलेसीमा खास बदलाव आउँदैन ।

अहिले भारत भ्रमणका क्रममा नेपाली कांग्रेस पार्टीको महाधिवेशन किन ढिला भइरहेको हो ? भन्ने विषय अनौपचारिक रूपमा उठ्यो । तर, त्यसमा व्यक्ति÷समूहका विषयमा कुनै कुरा भएन ।

निर्वाचनलाई प्रभावित पार्ने विषय त धेरै हुन्छन् नि, त्यतातिर कुरा गर्नुभयो कि ? 

मलाई लाग्दैन कि नेपाली कांग्रेसका प्रतिनिधिले भारतले भनेर कसैलाई भोट खसाल्छन् । बरु भारत, चीन वा अन्य मुलुकको मान्छेले भन्यो भने नेगेटिभ भोटिङ हुनसक्छ ।

एसएसबीले तुइन काटेर नेपाली बेपत्ता भएको, सीमा समस्या, ‘नोटबन्दी’ले राष्ट्र बैंकमा रोकिएर बसेको भारतीय पैसा फिर्ता गर्ने विषय पनि उठाउनुभयो ? 

हाम्रो भेटघाट बीजेपीसँग भएको हो । बीजेपीका सभापति, बीजेपीका महामन्त्री, बीजेपीका प्रचार, युवा संगठन र महिला संगठनसँग हाम्रो भेटवार्ता भयो । विशेष त पब्लिसिटी डिपार्टमेन्ट प्रमुखलाई हामीले भेट गर्छौँ नै भनेका थियौँ । किनभने, म भारतीय जनता पार्टीको प्रचार गर्ने शैलीबाट प्रभावित छु, त्यो बुझ्न हामी इच्छुक थियौँ । बीजेपीको प्रवक्तासँग हामीले कुरा ग¥यौँ । योबाहेक सरकारमा रहेका दुई व्यक्तिसँग हाम्रो भेट भयो । एउटा विदेशमन्त्री डा. एस जयशंकर र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट भयो । जयशंकरजीसँग हामीले कुरा गर्दा चारवटा विषय महत्वका साथ उठायौँ ।

पहिलो, हामीले भ्याक्सिनेसनको कुरा उठायौँ । भ्याक्सिनेसनको कुरा राख्दा त्यस बेला भारतमा अलि धेरै समस्या थियो, अहिले अलिक सहज भएको छ, तपाईंहरूको यो भिजिटले अलिकति प्रेसर बढाउँछ, हामी अब छिट्टै भ्याक्सिन पठाउछौँ भन्नुभएको छ । करिब एक लाख भ्याक्सिन आइसकेको जस्तो लाग्छ ।

दोस्रो, नोटबन्दी (डिमनिटाइजेसन) पछि सात/आठ करोड भारतीय रुपैयाँ हाम्रो राष्ट बैंकमा रोकिएर बसेको छ । त्यसलाई पनि फिर्ता लेऊ भनेर हामीले भनेका थियौँ । उहाँहरूले त्यसमा पोजिटिभ रेस्पोन्स गर्नुभएको छ ।

नेपालमा धेरै इस्यु छैन नोट फिर्ता गर्नका लागि तर नेपालका लागि मात्र यो गर्न सहज छैन, कतिपय देशमा इस्युहरू छन् । त्यसैले ती देशका विषयमा पनि सम्बोधन हुने गरी एकैचोटि निर्णय गर्छौँ भन्नुभएको छ ।

तेस्रो, तुइनबाट खसेर हाम्रा नागरिक बेपत्ता भएको अत्यन्तै दुःखद घटनाको विषयमा छानबिन गर्नुपर्छ भनेर हामीले भनेका छौँ । उहाँहरूले हामीले पठाएको डिटेल रिपोर्ट र उनीहरूको सुरक्षा बलको रिपोर्ट हेरेर चाँडै रेस्पोन्स गर्छौ भन्नुभएको छ ।

चौथो र सबैभन्दा महत्त्वको विषय, हामीले नेपालको नक्साभित्रको जमिनका विषय उठाएका छौँ । नक्साको विषयमा ‘गभर्मेन्ट टु गभर्मेन्ट’ वार्ता छिटोभन्दा छिटो सुरु हुनुप¥यो भनेर हामीले भनेका छौँ । त्यसमा उहाँहरूले पहिला इन्कार नै गर्ने गरेको भन्ने हामीले बुझेका थियौँ । तर, यसपटक ‘वि लुकिङ टु इट’ भन्नुभएको छ । कुन तहबाट गर्ने, कहिलेबाट गर्ने भन्ने सुनिश्चितता त छैन, एउटा भेन्यु मिल्नुप¥यो, अर्को टाइम तोकिनुप¥यो । अर्को कुन तहबाट गर्ने हो (मिनिस्टर लेभल, सेक्रेटरी लेभल, जोइन्ट सेक्रेटरी लेभल) त्यो विषयमा हामी विचार गर्छाैँ भनेर उहाँहरूले भन्नुभएको छ ।

यूपीको मुख्यमन्त्रीसँगको भेटमा हामीले सेक्युरिटीको कुरा उठायाैँ । उहाँले पनि त्यही विषय उठाउनुभयो । किनभने, अफगानिस्तानमा तालिबानले टेक ओभर गरिसकेपछि त्यसको असर नेपालमा पनि पर्छ, भारतमा पनि पर्छ र चीनमा पनि पर्छ भनेर हामीले कुरा राख्यौँ । यो पूरै क्षेत्रमा हुन सक्ने आतंकवादी गतिविधि रोक्न हामी पूरै देशहरू मिलेर ‘काउन्टर चेक’ गर्नुपर्छ भन्ने हाम्रो धारणा राखियो । हाम्रो कुरा सुनेपछि मुख्यमन्त्री सिरियस हुनुभयो । त्यो कुरा उहाँले पनि दोहो¥याउँदै यस विषयमा विशेष ध्यान दिनुपर्छ भन्ने कुरा उहाँले राख्नुभयो ।

अर्को कुरा, भारतको बनारसमा हाम्रो पशुपतिनाथ मन्दिर छ । त्यहाँ विश्वनाथ कोरिडोर बनिसकेपछि हाम्रो नेपाली मन्दिरको धर्मशालालाई असर पार्छ भन्ने चर्चाको विषय हामीले राख्यौँ । मुख्यमन्त्रीजीले हामी त्यो हुन दिँदैनौँ भन्नुभयो । उहाँले म नेपालको इतिहास, संस्कृति बुझेको, धार्मिक क्षेत्रबाटै आएको भन्दै आफू मुख्यमन्त्री रहँदासम्म त्यो हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

नेपालसँगको सम्बन्धमा गम्भीर चासोहरूलाई सम्बोधन नै नगर्ने भारतीय शैली छ, यस्तो विषय क्लियर पार्न तपाईंहरूले के गर्नुभयो ? 

हामी त यस विषयमा क्लियर नै छौँ । सीमाको सम्बन्धमा नक्साभित्र पारिएको जमिन हाम्रो हो भन्ने विषयमा म र मेरो पार्टीले मात्र होइन, सिंगो संसद्ले नै भनिसकेको छ । भारतले यो होइन, हाम्रै जमिन हो भनिरहेको छ । त्यसो भनिसकेपछि त्यो डिस्प्युटेड एरिया भयो । त्यसपछि हाम्रो उपाय भनेको डिप्लोम्याटिक च्यानल नै हो । त्यसका लागि फर्मल डाइलग सुरु हुन आवश्यक छ । मैले अघि पनि भने कुन लेभलमा बस्ने भन्ने विषयमा टुंगो लाग्नुपर्‍यो ।

त्यसबाहेक महत्त्वपूर्ण कुरा श्रमको मुद्दा हो । अहिलेसम्म हामी राजनीतिज्ञ, बुद्धिजीवी र पत्रकारहरूले भारतसँगको सम्बन्धलाई काठमाडौं र दिल्लीको सम्बन्धका रूपमा मात्र अर्थ्याउने काम गर्‍यौँ । काठमाडौंको आँखाले मात्र हेर्दा जब हाम्रो जनसंख्याको झन्डै १५ प्रतिशत साथीहरू भारतमा काम गरिरहेका छन्, त्यसमा श्रमिक मात्र नभर व्यापारी साथीहरू पनि छन् । हाम्रो खुला सिमानाले त्यहाँ जान पासपोर्ट चाहिँदैन । तर, त्यहाँ बैंक खाता खोल्नका लागि हाम्रो नागरिकताले काम गर्दैन । त्यसबाट हाम्रो साथीहरूले धेरै खाले समस्या झेलिरहेका छन् । त्यस दृष्टिबाट हामीले हेर्नुपर्ने आवश्यकता छ ।

भारतसँगको सम्बन्धलाई काठमाडौंका मान्छेलाई असर परेका आधारमा मात्र व्याख्या भइरहेको छ । भारतमा सिमकार्ड लिन नेपाली नागरिकता देखाएर पाउँदैन । त्यसमा हामीले कुरा गर्ने कि नगर्ने ? कतिपय भारतीय श्रमिकहरू नेपालमा आएर काम गरिरहेका छन्, उनीहरूले भारतीय दूतावासमा रजिस्टर गरेको सर्टिफिकेट भयो भने हामीले बैंक खाता खोल्न र सिमकार्ड निकाल्न दिने गरेका छाैँ । यो विषय हाम्रो सरकारले अहिलेसम्म उठाएको छैन । मैले इनफर्मल्ली त्यहाँ यो विषय उठाएको छु ।

हाम्रो नेपालका ९० प्रतिशतभन्दा बढी व्यापार  र ‘भायर इन्डिया’ छ । भायर इन्डिया महत्त्वपूर्ण चिज हो । हाम्रो भारतमार्फत हुँदै आएको ट्रान्जिट फ्यासिलिटी अत्यन्तै कमजोर छ ।

साना साना विषयमा अल्झिरहेका छौँ । नेपालमा राजनीतिक दलका नेतादेखि मन्त्री–प्रधानमन्त्रीले अब राजनीतिक आन्दोलन सकियो, आर्थिक विकास गर्नुपर्छ भनेको सुन्छु । तर, नेपालका नेताहरूले आर्थिक विकासका लागि लगानी भित्र्याउने कुरा सोचेका छन् ? भारतसँग र भायर इन्डिया गरी ९० प्रतिशत बढी व्यापार भइरहेको छ । त्यसलाई कम गर्ने विषयमा कहिल्यै कुरा उठेको छ ? भारतमा गएर आफ्नो जीविका चलाइरहेका नेपालीहरूका विषय पनि हामीले उठाउनुपर्छ ।

कांग्रेस सहमहामन्त्री नेतृत्वको भारत भ्रमणको टोलीमा तपाईं पनि पर्नुभयो, तपाईं त कांग्रेसको केन्द्रीय सदस्य, सांसद, मन्त्री केही पनि हुनु हुन्न !

एउटा त म भारतमै पढेको हुँ । मैले पढेको कलेजमै अहिलेको परराष्ट्रमन्त्री पनि पढ्नुभएको हो । मसँगै पढेका कतिपय साथीहरू ब्युरोक्रेसीमा र संसद्मा हुनुहुन्छ । मलाइ पठाउँदा चिनजान भएको हिसाबले कुरा गर्न सहज हुन्छ भनेर मलाई पार्टीले पठाएको हुनसक्छ । तर, पार्टीले कसरी मलाई टिममा राख्ने निर्णय गर्‍यो भन्नेचाहिँ मलाई थाहा भएन ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro