site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ट्रेकिङमा नजान मौसमविद्को आग्रह, हिमपातसँगै जाडो सुरु भएको हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । मौसम खुल्न अझै केही दिन लाग्ने भएको छ । बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेका कारण भइरहेको वर्षा रोकिन समय लाग्ने भएको हो । आज र भोलि पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ । भारी वर्षा र हिमपातको सम्भावना छ । 

“बिहीबारबाट भने वर्षा रोकिन्छ । तर, वर्षा रोकिए पनि घाम भने लाग्दैन । बादल लागिरहन्छ त्यसैले घाम भने बिहीबारपछि पनि केही दिन लाग्दैन,” उनी भन्छिन्, “विस्तारै अहिलेको प्रणालीमा सुधार हुँदै जान्छ त्यसैले शुक्रबार पनि बदली हुन्छ । वर्षाको सम्भावना मात्रै कम हुने हो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

वर्षासँगै उच्च पहाडी भू–भाग र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । भारी हिमपातको सम्भावना नरहे पनि हल्का हिमपातको सम्भावना छ । हिमपातको सम्भावना रहेकाले तत्काल ट्रेकिङ नगर्न मौसमविद्को सुझाव छ । “हामीले हिमपातको सम्भावना रहेका क्षेत्रमा ट्रेकिङ नगर्न आग्रह गरेका छौं । ट्रेकिङमा जाने तथा घुम्न जाने/लैजाने पर्यटन व्यवसायीलाई हामीले कम्तीमा बिहीबारपछि मात्रै यात्रा गर्न हाम्रो अनुरोध गरेका छौं,” मौसमविद् मानन्धर भन्छिन्, “डेट लिइसकेकाहरुलाई पनि सकेसम्म नजान हाम्रो आग्रह छ । यदि रिस्क लिएर जाने हो भने उच्च सतर्कता अपनाउनु पर्ने अवस्था छ ।” 

हिमपात सुरु भएसँगै तापक्रम घट्ने क्रम सुरु हुने उनको भनाइ छ । मनसुन सकिएपछि पश्चिमी बायु सक्रिय हुने र उत्तरबाट हावा आउने भएकाले चिसो अनुभव हुने उनी बताउँछिन् । “सूर्य दक्षिणायण हुन सुरु भएकाले अब तापक्रम घट्दै जान्छ । अक्टोबर र नोभेम्बर जाडो र गर्मीको ट्रान्जिसन फेज हो,” मौसमविद् मानन्धर भन्छिन्, “नोभेम्बरको मध्यबाट भने जाडो हुन्छ । डिसेम्बरबाट महसूस हुनेगरी चिसो हुन्छ ।” 

Global Ime bank

नेपाली क्यालेन्डरमा डिसेम्बर र जनवरी सवैभन्दा चिसो महिना हुन् ।  

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय