site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कहाँ पुग्यो ‘ड्रिम फाप्ला’ ? 

काठमाडौं । सुन्दर सुदूपश्चिम । सुन्दै आनन्द लाग्ने नाम । हरियाली प्रकृति र विभिन्न मन लोभ्याउने रमणीय दृश्य । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको परिचय क्रिकेटसँग जोडिएको छ ।

‘दी सिटी अफ क्रिकेट’ भनेर चिनिने यस ठाउँले क्रिकेटलाई नयाँ उचाइ र खेल व्यावसायिकतालाई नौलो परिचय दिएको छ । धनगढी प्रिमियर लिग (डीपीएल), धनगढी क्रिकेट लिगजस्ता लिगहरू त्यसका उदाहरण हुन् ।

डीपीएलसँग जोडिएको छ फाप्ला क्रिकेट मैदान । जग्गा विवादका कारण लामो समयदेखि फाप्ला क्रिकेट मैदानको निर्माणकार्य अघि बढ्न सकेको छैन । बर्सेनि बजेट छुट्ट्याउँदा पनि मैदान निर्माणमा खर्च हुन सकेन ।

Dabur Nepal

चालु आर्थिक वर्षमा पनि फाप्लाका लागि प्रदेश सरकारले बजेट छुट्ट्याएको छ । तर, काम अगाडि बढ्न नसक्दा रंगशाला पुरानै अवस्थामा छ ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्यका साथ डीपीएल सुरु गरिएको थियो । “एसपीए कप र डीपीएलका केही सिजन धनगढीकै अन्य ठाउँमा सकिए पनि डीपीएल जन्मनुको एक आधार धनगढी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हो । फाप्लाका लागि नै हामीले क्रिकेटको सुरुवात गरेका थियौँ,” धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले भने ।

कतिपय क्रिकेटरका लागि पहिलो खेलको माध्यम बनेको छ फाप्ला । “यदि, फाप्ला अन्तर्राष्ट्रिय रंगशाला बनेमा धनगढीलाई मात्र होइन, सम्पूर्ण नेपाली क्रिकेट खेलाडी र क्रिकेटपारखीलाई राहत पुग्नेछ,” शाहीले भने ।

‘ड्रिम फाप्ला’को योजना लिएर अघि बढेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणकार्य नीतिगत अड्चनका कारण अड्किएको बताइन्छ । “डीपीएलको एउटा सिजनमा पाँच करोड खर्च गर्न सक्ने हामी रंगशाला निर्माणमा जति पनि लगानी जुटाउन सक्छौँ । पैसाले रंगशाला निर्माणकार्य रोकेको छैन । जग्गा प्रक्रियाले रोखिएको हो,” अध्यक्ष शाहीले भने ।

मन्त्रिपरिषद्बाट जग्गाको विषय समाधान भए आफूहरू सोही दिनदेखि काममा लाग्ने उनको भनाइ छ । उनले भने, “जग्गा क्याबिनेटले पास गर्न बाँकी छ । त्यसपछि भोलिपल्ट नै हामीले रंगशाला निर्माणको काम थाल्नेछौँ । आर्थिक अभावका कारण रंगशाला निर्माणको काम रोकिन्छ भन्ने छैन ।”

रंगशालाका लागि प्रदेश सरकारले बजेट छुट्ट्याए पनि त्यसको खर्चका लागि भने बेग्लै मापदण्ड बनाउनुपर्ने अवस्था छ । यसअघि, डीपीएल हुँदाताका धनगढी क्रिकेट एकेडेमीले मैदान केही रूपमा तयार पारे पनि थप प्रगति भएको छैन ।

“सरकारले बजेट विनियोजन गरे पनि उपभोक्ता समूहबाट काम गर्नुपर्ने हुन्छ । काम भनेको समयमा हुन्छ भन्ने पनि छैन । काम गर्न लामो समय लाग्छ । कहिले त काम नै नभएर बजेट फ्रिज जाने अवस्था पनि आएको छ । त्यसैले हामीले जग्गा पास हुने समयलाई कुरेका छौँ । त्यसपछि काम सुचारु हुनेछ,” शाहीले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ०६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro