site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सनम शाक्यको परिवार भन्छ : चार वर्ष आँसुको आहालमा डुब्यौँ, आज न्याय पाइयो
सनम शाक्यकी आमा कल्पना र उनकी श्रीमती सुनिता ।

विराटनगर । उर्लाबारी मोरङको दोस्रो प्रमुख सहर हो । बसाइँ सराइका लागि उपयुक्त मानिएको उर्लाबारी पछिल्लो समय घना आवादीयुक्त सहर बनिसकेको छ । राजमार्गको विकाससँगै विस्तार भएको यो सहरको चौकमै पुरानो काठको भुइँतले घर छ । 

कल्पना शाक्यका लागि पछिल्लो चार वर्ष घरको बरन्डा र चौघेरा नै सबैथोक बनिदियो । टोलाएरै धेरैदिन बिताइन् । कति रात अनिँदै बिते । तर, मंगलबार अदालतले गरेको एउटा फैसलाले भने कल्पनालाई अलिकति भएपनि राहत मिल्यो । 

“न्याय मर्दैन भन्ने सुनेकी थिएँ सत्य रेहछ,” उनले भनिन्, “छोरो फर्किएर आउँदैन तर, अपराधीले सजाय पाएको छ ।” 

Dabur Nepal

कल्पना ३३ किलो सुन तस्करी प्रकरणमा हत्या गरिएका सनम शाक्यकी आमा हुन् । सुन गायब गरिदिएको भनेर यातना दिएर सनमको हत्या भयो । तर, न सनमकी आमा कल्पनाले सुनका गहना लगाएकी छन् न उनकी श्रीमती सुनिताले नै ।

मंगलबारको जिल्ला अदालत मोरङको आदेशले ३३ किलो सुन प्रकरण मुद्दामा प्रतिवादीमध्येका मुख्य अभियुक्त मोरङ, उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनामाथि जन्मकैदको फैसला सुनाएको छ । 

सोही फैसलाले कल्पना र उनको परिवारलाई अलिकति भएपनि खुसी दिएको हो । “छोरा गुमाउनुको पीडाको भर्पाइ त केहीले पनि हुँदैन नि,” कल्पनाले भनिन्, “हामी न्याय पर्खिएर बसेकका थियौँ । चार वर्षसम्म आँसुको आहालमा डुबेर बसेका थियौँ । अदालतले आज न्याय दिलाइदियो ।” 

प्रहरी प्रशासनले देखाएको तदारुकता र आदलतले दिएको न्यायले आफूहरूलाई थोरै भएपनि सन्तोष मिलेको श्रीमती सुनिताले बताइन् । “श्रीमान बितेपछि जीवन नै अन्योलमा परेको छ । हामी सामान्य रूपमा बस्ने मानिस अपराधीले मेरो घर नै उजाडिदिए,” उनले भनिन, “म जसरी तड्पिएर बसेको छु, अपराधीले पनि त्यसैगरी तड्पिन परोस् । मैले जन्मकैद होस् भन्ने कामना गरेकी थिएँ अदालतले गरिदियो खुसी छौँ ।” 

गोरेले सनमलाई सुनझोडाको जंगलमा तीन दिनसम्म यातना दिएर राखेका थिए । पछि करेन्ट लगाएर उनको हत्या भएको थियो ।
 
सनम घरको मुल आम्दानी गर्ने ‘खम्बा’ थिए । उनको हत्यापछि परिवारलाई घर व्यवहार चलाउन निकै गाह्रो भएको आमा कल्पनाले सुनाइन् । सनमको एक छोरा र एक छोरी छन् । 

यो अवधि सुनिताको लागि निकै कष्टकर बन्यो । एउटा सहकारी संस्थामा जागिर खाएर आउने सीमित आम्दानीले मुश्किलले परिवार चलाइरहेएकी छन् । “दुःख र पीडाको पहाडले थिचेपनि हामी बाँचेका छौँ । हिम्मत हारेका छैनौँ,” उनले भनिन् ।

२०४२ सालमा लिएको १० धुर जग्गा र त्यही जग्गामा बनेको पुरानो घरमा सनमको परिवार बस्दै आएको छ । सनम ढुङ्गाबालुवा गिट्टीको हिसाबकिताब राख्ने काम गर्थे । पछि गोरे आएर काठमाडौंमा आफ्नो कार्यालय रहेको र त्यही ‘कारोबार सम्हालिदेऊ’ भन्दै सनमलाई लगेको सुनिताले सुनाइन् । २०७२ सालदेखि सनम गोरेसँग नजिक भएर काम गर्न थालेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  २०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro