site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विदेशी मुद्राको ‘कृत्रिम निक्षेप’ हटाउन राष्ट्र बैंकको परिपत्र आउँदै !
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको निक्षेप एक बैंकले अर्को बैंकमा राख्दा निक्षेप नबढ्ने व्यवस्था गर्ने भएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको तरलता अभावले गर्दा बैंकहरूमा कर्जा लगानी गर्न समस्या देखिएपछि बैंकहरूले राष्ट्र बैंकको लुपहोल नीतिको फाइदा उठाउँदा विदेशी मुद्राको निक्षेप एक बैंकबाट अर्को बैंंक र अर्को बैंकबाट अर्को बैंकमा राखेर कृत्रिम निक्षेप सिर्जना गरेका थिए ।

त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले विदेशी मुद्राको निक्षेप एक बैंकबाट अर्को बैंकमा राख्दा निक्षेप बढेको नमानिनेगरी निर्देशन जारी गर्ने तयार गरेको स्रोतले जनाएको छ । गत साता नै राष्ट्र बैंकले लुपहोलको प्रयोग नगर्न  निर्देशन दिएको थियो । जसले गर्दा पछिल्लो एक सातामा वाणिज्य बैंकहरूमा विदेशी मुद्राको निक्षेप ४ अर्बले घटेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल राष्ट्र बैंकका प्रवत्ता देवकुमार ढकाल विदेशी मुद्राको निक्षेपमा ‘कृत्रिम’ (नक्कली) निक्षेप सिर्जना गरेको विषयमा राष्ट्र बैंकले अध्ययन गरिरहेको र गत साता नै बैंकहरूलाई त्‍यस्तो कार्य नगर्न निर्देशन दिइसकेको बताउँछन् । राष्ट्र बैंकले यस विषयमा अध्ययन गरिरहेको भएपनि वास्तविकता के हो र के गर्ने भन्ने निष्कर्षमा भने नपुगेको उनी बताउँछन् ।

तर, राष्ट्र बैंक सम्बद्ध स्रोत भने असोज मसान्त अगाडि नै विदेशी मुद्राको निक्षेप एक बैंकले अर्को बैंकमा राख्दा निक्षेप नबढ्नेगरी निर्देशन ल्याउने तयारीमा जुटेको बताउँछ । “विगतमा स्वेदेशी मुद्राको निक्षेप एक बैंकबाट अर्को बैंकमा राख्दा निश्चित अवधि तोकेर पाँच प्रतिशत दिन पाउने व्यवस्था थियो । जुन व्यवस्थाको फाइदा बैंकहरूले उठाउँदै कृत्रिम निक्षेप सिर्जना गर्न लागेपछि राष्ट्र बैंकले त्यसलाई परिमार्जन गरेको थियो,” स्रोतले भन्यो, “अहिले तरलता अभावको फाइदा उठाउँदै बैंकहरूले सोही गतिविधि गरेपछि विदेशी मुद्राको निक्षेपममा पनि सोही व्यवस्थालागु गर्न लागेको हो ।”

Global Ime bank

कतिपय बैंकर्सहरू लुपहोल प्रयोग गरेर फाइदा लिनेले लिएपछि भन्दापनि लुहोलको प्रयोग गर्नासाथ राष्ट्र बैंकले यस्ता निर्देशन ल्याउनुपर्ने बताउँछन् । “निक्षेप सिर्जना गर्नेले गरिसकेपछि त्यस्ता नीतिले के फरक पर्छ र राष्ट्र बैंकले जबसम्म यस्ता गतिविधि गर्नेलाई तत्काल कारबाही गर्दैन तबसम्म नयाँ लुपहोल खोज्ने कार्य चलिरहन्छ,” ती बैंकरले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय