site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं भ्यू टावर निर्माणको काम रोकेर राष्ट्रिय पुस्तकालय बनाउन संस्कृतिप्रेमीको माग
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौंको रत्नपार्कमा निर्माणाधीन भ्यू टावरको निर्माण रोकेर राष्ट्रिय पुस्तकालयका रूपमा फर्काउन मागसहित सांस्कृतिक सम्पदाप्रेमीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भटेका छन । उनीहरूले निर्माणधीन भ्यू टावरको ६ तलालाई नै कायम राखी भ्यू टावरको तल्लो तलामा बसपार्क र माथिल्लो तलामा राष्ट्रिय पुस्तकालय बनाउन माग गरेका छन् । 

०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनले भ्युटावर निर्माणको शिलान्यास गरेका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

राष्ट्रिय अध्यक्षको हैसियतले सार्वजनिक सम्पतिबारे ध्यानाकर्षण गराउन आफूहरूले राष्ट्रपतिलाई भेटेको अधिवक्ता सञ्जय अधिकारीले बताए । ‘‘राष्ट्रिय पुस्तकालय हाम्रो बौद्धिक सम्पदाको रूपमा रहेको छ । यस किसिमको पुस्तकालय अहिले मासिएर जाने अवस्था छ । त्यसलाई बचाउन भ्यू टावरमा नै पुस्तकालय स्थापना गरिनुपर्छ । पहिलाको सार्वजनिक जग्गालाई अहिले व्यक्तिका निजी स्वार्थका रूपमा प्रयोग हुने गरी काम गर्न खोजिँदैछ,” अधिवक्ता अधिकारीले भने, ‘‘राष्ट्रिय पुस्तकालय भ्युटावरमा स्थापना गरौँ भनेर राष्ट्रपतिलाई भेट्न गएका हौँ ।”

सार्वजनिक सम्पतत्तिलाई सार्वजिक रूपमा नै उपयोग गरिनुपर्ने उनीहरूको माग छ । ‘‘भ्यू टावर क्षेत्र पहिला स्थानीयले दान दिएको क्षेत्र हो । यसलाई सार्वजनिक प्रयोजनकै रूपमा रहिरहने गरी व्यवस्थापन गर्नुपर्छ,” उनले भने । 

Royal Enfield Island Ad

सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले भने अहिले भ्यू टावर निर्माण भइरहेको क्षेत्रमा भ्यू टावर नै आवश्यक नभएको बताउँछन् । ‘‘भ्यू टावरको अहिले ६ तला निर्माण हुँदैछ । अब उक्त भ्यू टावर निर्माणको काम यत्तिकै रोकेर व्यवस्थित बसपार्कका रूपमा स्थापना गर्न जरुरी छ । आधा भ्यू टावर बनिसकेको छ । अब यसलाई सार्वजनिक प्रयोजनकै रूपमा प्रयोगमा ल्याउनुपर्ने र अन्य सार्वजनिक प्रयोजनका रूपमा प्रयोग गर्न सकिन्छ,” उनले भने ।

पहिलोपटक ०७१ फागुन २२ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्स जेभी प्रालिसँग सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले काम समयमै काम सुरु नगरी ०७३ साउन ३० देखिमात्रै काम सुरु गरेको थियो । पहिला भ्युटावर २९ तलाको बनाउने योजना बनाइएको थियो । ०७२ सालको भूकम्पपछि सरकारले भवन निर्माणमा निश्चित मापदण्ड बनायो । उक्त मापदण्ड अनुसार सहरी क्षेत्रमा निर्माण हुने टावर १२ तलाभन्दा माथि बनाउन रोक लगाएको छ  । पछि त्यसै अनुरूप महानगरले भ्यू टावर १२ तलासम्म बनाउने गरी नक्सा पारित गरेको थियो । 

टावर कुल २३ रोपनी ५ आना क्षेत्रफलमा निर्माण भइरहेको छ । सबैभन्दा तल्लो तलामा बसपार्क रहनेछ । दोस्रो तलामा गाडी पार्किङ स्थल निर्माण गरिनेछ । माथिल्ला तलामा ४० प्रतिशत भूभागमा स्तम्भ रहनेछ । अरू भाग व्यापारिक प्रयोजन प्रयोग हुने सम्झौतामा उल्लेख छ । 

निर्माण कम्पनीका अनुसार टावर निर्माणको कुल लागत चार अर्ब ७० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । महानगर र निर्माण कम्पनीबीच पछिल्लोपटक भएको सम्झौता अनुसार ०७८ असारभित्र भ्युटावर निर्माण गरी व्यावसायिक प्रयोजनमा आइसक्नुपर्ने छ । तर, म्याद सकिँदा पनि भ्यू टावर निर्माणको काम आधा पनि सकिएको छैन । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro