site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भीष्मराज ढुंगानाको मुद्दामा कारण देखाउ आदेश, आन्तरिम आदेशबारे दुवै पक्षलाई बोलावट
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगाना सर्वोच्च अदालत गएका छन् ।

बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी छोरी रेविका ढुंगानाले खरिद गरेको भेटिएपछि उनी विवादित बनेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सोही विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयले आन्तरिक रूपमा बनाएको छानबिन समितिपछि गएको भदौ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई निलम्बन गर्दै छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । जसमा विज्ञ सदस्य प्रा. नारायणप्रसाद पौडेल, कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य छन् ।

मन्त्रिपरिषद्को उक्त निर्णयसँगै ढुंगानाले आफ्नो निलम्बनविरुद्ध  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै भदौ २३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनको रिटको सुनुवाइ गर्दै भदौ २९ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

Global Ime bank

सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !