देश
काठमाडौं । १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन टोखा नगरपालिकाको अनुरोध गरेको छ । कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा आज र भोलि लगाउन लागिएको भन्दै नगरपालिकाले १८ वर्षभन्दा माथि उमेरका नागरिकलाई आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन आग्रह गरेको छ ।
खोप लगाउन जाँदा ८ अंकको दर्ता नम्बर अनिवार्य रुपमा लिएर जान पनि नगरपालिकाले आग्रह गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रूपमा पालना गर्न भनेको नगरपालिकाले खोपका लागि नाम दर्ता नभएको भए उक्त प्रक्रिया पुर्याएर मात्र जान अनुरोध गरेको छ ।
खोप केन्द्र ११ ठाउँमा तोकिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८ ०६:२४
प्रतिक्रिया दिनुहोस्