site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसइई दिएर बसेका विद्यार्थीलाई क्यानभासको करियर काउन्सिलिङ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौँ। क्यानभास इन्टरनेशनल कलेजले एसइई परीक्षा दिएर बसेका विद्यार्थीका लागि करियर काउन्सिलिङ्ग वेभिनर आयोजना गरेको छ। ‘एसइई पछि के?' नामक उक्त वेभिनारमा विद्यार्थीहरुलाई एसइईपछिको शैक्षिक भविष्यकोबारे गम्भीर हुनको लागि प्रेरणा दिइएको थियो।

कार्यक्रमका मुख्य आकर्षण मोटिभेसनल स्पिकर मानषी अग्रवाल र डा. ताराजी रहेका थिए। उनीहरुले विद्यार्थीहरुलाई अहिलेदेखि नै मेहनत गरे जीवनमा सक्षम र सफल हुन सकिने भन्दै आफूलाई चिन्न आग्रह गरे। उनीहरुले पारिवारिक दबाब भन्दा पनि आफ्नो क्षमता र आफ्नो इच्छाअनुसारको विषय छनोट गर्न आग्रह गरेका थिए।

KFC Island Ad
Dabur Nepal
NIC Asia

ताराजीले संसारमा हरेक मानिसमा भिन्दाभिन्दै प्रतिभा हुने भन्दै उनीहरुले आफू भित्रको प्रतिभा चिन्न सके जीवनमा सहजै सफल हुन सक्ने बताए। विद्यार्थीहरुलाई हौसला दिँदै ताराजीले भने, ‘हामीलाई सानै देखि बालबालिका भनेका काँचो माटो हुन्, सानै हुँदा उनीहरुलाई जस्तो चाह्यो त्यस्तै बनाउन सकिन्छ भनिएको छ। त्यो गलत हो। मानिस बीज समान हो। सल्लाको बीजबाट पीपल निस्किँदैन। हरेकको आफ्नो आफ्नो क्षमता छ। त्यसैले आफूले आफैलाई चिन्नु पर्छ।’

ताराजीले विद्यार्थीहरुलाई लक्ष्य बिना कहिँ पुग्न नसकिने भन्दै आफ्नो जीवनको लक्ष्य निर्धारण गर्न सुझाए। कलेज छनोट गर्ने क्रममा बुद्धिमता देखाउन पनि उनले सुझाव दिए। कलेज भनेको पढ्नको लागि भएको भन्दै अतिरिक्त कुरा देखेर कलेज छनोट गर्नु भन्दा पनि पढाईको आधारमा कलेज छनोट गर्नु पर्ने बताए।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro