site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तास खेलिरहेको अवस्थामा डेढ लाख नगदसहित ६ जना समातिए
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । झापामा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । शनिबार अपराह्न एक लाख ६० हजार रुपैयाँ नगदसहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

३२ वर्षीय पदम लिम्बूले दमक नगरपालिका–८ मा सञ्चालन गरेको पेरुङगो होटेलको दोस्रो तलाको कोठामा तास खेलिरहेको अवस्थामा लिम्बूसहित ६ जना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त नगदसँगै तीन बुक ताससमेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement