site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपाका दुवै पक्ष आज निर्वाचन आयोग जाँदै, होला त मेलमिलाप ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै पक्षलाई आन्तरिक मेलमिलापका लागि आज बोलाएको छ । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।

यादव पक्षको निवेदनपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । महन्थ पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले भिडभाड हुने भन्दै ७–७ जनालाई मात्र उपस्थित हुन भनिएको आयोगका एक अधिकारीले जानकारी दिए । आजको छलफलमा आयोगका प्रमुख आयुक्त, आयुक्त, आयोगका केही कर्मचारी, दुवै पक्षका नेताहरु र कानुन व्यवसायी रहनेछन् ।
 
दुई पक्षबीच आपसी समझादरी कायम भए सोही अनुसार निर्णय हुनेछ । सहमति नभए इजलास गठन प्रक्रियाबाट अघि बढ्ने छन् । मेलमिलापका लागि बोलाए पनि स्रोतका अनुसार उनीहरुबीच यो सम्भावना छैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पक्ष–विपक्षमा विभाजित भएको जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको थियो ।  महन्थ ठाकुर र राजेन्द्र महतो समूह पक्षमा थियो । ठाकुर र महतो ओली नेतृत्त्वको सरकारमा सहभागी पनि भएको थियो । तर, सर्वोच्च अदालतले कामचलाउ सरकारका प्रधानमन्त्रीलाई सरकार पुनरगठन तथा विस्तारको अधिकार नहुने भन्दै फैसला गरेपछि थपिएका मन्त्रीहरु स्वतः पदमुक्त भएका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  ०६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement