site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शुक्रबारदेखि सबै किसिमका सार्वजनिक सवारी चल्छन् त ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले आउँदो शुक्रबारदेखि सबै किसिमका सार्वजनिक सवारीसाधन चलाउने बताउँदै आएका छन् । प्रशासनले २५ सिट क्षमताभन्दा माथिका सार्वजनिक सवारीलाई मात्रै जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो समय निषेधाज्ञा खुुकुलो बनाउँदै लगिएको छ ।

अरु भिडभाडजन्य क्षेत्र खुकुलो बनाएको तर सार्वजनिक सवारीमा अझै पनि रोक लगाइएको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै किसिमका सवारी सञ्चालन गर्न दिनुपर्ने व्यवसायीको माग छ ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले २५ सिटभन्दा बढीका सवारीसाधन मात्रै चलाउन दिँदा धेरै व्यवसायी मारमा परेको बताए । “हामी २५ भन्दा मुनिका सवारी पनि सञ्चालन गर्ने पक्षमा छौँ । सबै किसिमका सार्वजनिक सवारीसाधनमा उही नियम लागु हुनुपर्छ,” सिटौलाले बाह्रखरीसित भने, ‘‘स्वास्थ्य मापदण्ड पालना गर्दैनौँ भनेका छैनौँ । अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्छौँ । २५ सिटभन्दा माथिका सवारीसाधन मात्रै चल्दा झन् संक्रमण बढ्छ । लामो दूरी, छोटो दूरी र सबै सिट क्षमताका सवारी चलाउन पाउनुपर्छ ।” न्यून मात्रामा सार्वजनिक सवारी चल्दा झन् यात्रीको चाप बढेर संक्रमण फैलिने उनको भनाइ छ ।

प्रशासनले आज बेलुकासम्म सार्वजनिक सवारीको निर्णय नसच्याए व्यवसायीले निर्णय अवज्ञा गरी सवारी चलाउने चेतावनी दिएका छन् । महासचिव सिटौला भन्छन्, “दुई महिनादेखिको निषेधाज्ञाले साना व्यवसायीको रोजिरोटी खोसिएको छ । मजदुरहरु ठूलो ऋणको चपेटामा परेका छन् । सरकारले यसबारे पनि सोच्नुपर्थ्यो । यातायात व्यवसायी मजदुर विचल्लीमा परेका छन् । अब मजदुरले गाडी थन्काएर भोकै बस्ने अवस्था रहन्न । यातायात क्षेत्रमा लगानी भएको १० खर्ब जोखिममा परेको छ ।”

प्रशासन भन्छ – संक्रमणदर हेरेर उचित निर्णय गरिएको हो  
पछिल्लो समय संक्रमणको अवस्था हेरेर सोहीअनुसारको उचित निर्णय गरिएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले असार २१ गतेसम्म अहिलेकै निर्णय जारी राखिने बताए ।

“यातायात व्यवसायीले भोलिदेखि सबै किसिमका सवारीसाधन सञ्चालन गर्ने भनिरहेका छन् । यस विषयमा छलफल भइरहेको छ,” उनले भने, “आज पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघसँग छलफल छ । छलफलपछि के हुन्छ हेरौँ ।”

अरु सरोकारवाला निकायसँग पनि छलफल गर्नुपर्ने भएकाले अहिले नै के हुन्छ भनेर भन्न नसकिने प्रजिअ पराजुली बताउँछन् । “अहिलेको अवस्था फरक छ । दैनिक संक्रमण बढ्न थालेको जस्तो पनि देखिएको छ । फेरि भयावह स्थिति आउन सक्छ । त्यसैले सबैतिरको अवस्था हेरेर मात्रै निर्णय गुर्नपर्ने हुन्छ,” उनले भने, “संक्रमण रोकथामको मुख्य कारक भनेकै भिडभाड नियन्त्रण गर्नु हो । निषेधाज्ञा थप्ने र हटाउनेबारे प्रशासनलाई अधिकार भए पनि सरोकारवाला सबै निकायसँग छलफल गर्नुपर्ने हुन्छ । प्रशासन एक्लैले गरेको निर्णय होइन ।”

असार १४ गते व्यवसायीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै यही असार १८ गतेदेखि सबै किसिमका सार्वजनिक सवारी चलाउने चेतावनी दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro