site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहुँचका भरमा १४ हजार खोप उमेर समूहबाहेकले लिए !

काठमाडौं । काठमाडौं जिल्लामा ६० देखि ६४ वर्षका नागरिकलाई जेठ २५ गतेदेखि दिन सुरु गरिएको खोप अभियान लक्षित संख्याले नपाउँदै स्थगित भयो । काठमाडौं महानगरपालिकाले बिहीबार साँझ सूचना जारी गर्दै सरकारले खोप उपलब्ध गराउन नसकेपछि अभियान अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरेको जानकारी गरायो । 

थप खोप उपलब्ध गराउन नसकिने जानकारी आएपछि महानगरको कार्यतालिकाभन्दा दुई दिनअघि नै अभियान स्थगित गर्नुपरेको महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले जानकारी दिए । महानगरको यही भनाइलाई काठमाडौं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बद्रीबहादुर खड्काले पुष्टि गर्दै भने “पालिकाहरूमा खोपको दुरुपयोग भएपछि लक्षित वर्गलाई दिन नपाउँदै खोप सकियो ।”

१४ हजार डोज खोप खोइ ?

Dabur Nepal

चीनले अनुदानमा दिएको भेरोसेल खोप सरकारले जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सबै प्रदेश र जिल्लामा खोप पठाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा यो उमेर समूहका नागरिक ६ लाख ६२ हजार ३६७ जना खोप पाउने सूचीमा छन् । काठमाडौं जिल्लाका लागि मात्रै ६४ हजार डोज खोप छुट्याइएको थियो । जुन देशभरकै सबैभन्दा बढी मात्रामा छुट्याइएको खोप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन् । 

स्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकमा बुधबारसम्म काठमाडौंमा ३३ हजार जनाले खोप लगाएका छन् । बिहीबार झन्डै १७ हजारले खोप लिएको कार्यालय प्रमुख बद्रीबहादुर खड्का बताउँछन् । यस हिसाबले बिहीबारसम्म ५० हजारभन्दा बढी संख्याले खोप लिएको देखिँदैन तर बाँकी १४ हजार डोज खोप कहाँ गयो अहिले मन्त्रालयका लागिसमेत खोजीको विषय बनेको छ । खोप केन्द्रहरूबाट लक्षित उमेर समूहभन्दा अन्य व्यक्तिलाई समेत वितरण गरिएको हुनसक्ने मन्त्रालयका प्रवक्ता पौडेल बताउँछन् । 

‘खोप अन्य उमेरका व्यक्तिलाई दिन मेयरकै धम्की आयो’ 

अहिलेको खोप ६० देखि ६४ वर्षका नागरिकलाई दिने गरी पालिकाहरूमा पठाइएको थियो । तर, केही पालिकाहरूबाट ५५ वर्षमाथिका नागरिकलाई समेत खोप दिन दबाब दिँदै आएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख खड्काले बताए । 

“नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले जेठ २५ गते मलाई फोन गरेर हाम्रो पालिकाका ५५ वर्ष माथिका नागरिकलाई पनि खोप दिनुपर्यो, सोहीअनुसार पुग्ने खोप पठाइदिन भन्नुभयो । मैले सरकारको मापदण्ड बाहेकका अन्य व्यक्तिलाई खोप दिन मिल्दैन भनेँ । जवाफमा उहाँले यहाँ हाम्रो सरकार छ, मलाई प्रधानमन्त्रीले दिन्छु भन्नुभएको छ, मिल्दैन भन्ने तँ को हो ? तँलाई त्यही अफिसमा आएर ठिक गर्छु र म को हो भनेर देखाइदिन्छु भन्दै अपशब्द बोल्दै थप खोप पठाइदिन धम्की दिनुभयो । अन्य पालिकाहरूमा पनि लक्षित समूहभन्दा बाहेककाले खोप लगाएको हाम्रा स्वास्थ्यकर्मीले सुनाएका छन् । स्थानीय तहले मापदण्ड मानेका छैनन्, हामी हेर्ने, सुझाव दिने र फर्किने मात्रै हो,”  खड्काले भनेका छन् । 

उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिँदै सुरक्षा माग गरेका छन् ।   

खोपको वास्तविकाताबारे अबको अनुसन्धान र कारबाहीको पाटो जिल्ला प्रशासन कार्यालयको भएको मन्त्रालयका प्रवक्ता पौडेल बताउँछन् ।

यता, नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भने आफूले कसैलाई धम्की नदिएको दाबी गर्छन् । “मैले कसैलाई धम्की दिएको छैन । जनतालाई खोप नदिने अनि अनि कानुनको कुरा गर्ने ?,” मेयर बस्नेतले बाह्रखरीसँग भने, “मैले जनतालाई खोप मागेको हो । अरु केही भनेको छैन । कानुनको कुरा कसरी आयो, मलाई थाहा छैन ।”

जनताको जीवन रक्षाका लागि पहल गर्दा कानुनी कारबाही भोग्नु परे आफू तयार रहेको उनले बताए । 

“मैले ५० वर्षमाथिका नागरिकलाई खोप उपलब्ध गराउनुपर्यो भनेर प्रधानमन्त्रीसँग पनि भेटेर कुरा गरेको थिएँ । मेरो मागमा सकारात्मक रहँदै उहाँले सम्बन्धीत ठाउँमा पहल गर्नुस् भन्नु भएको थियो,” उनले भने, “मैले सोही अनुसार खोप माग्दा म पठाउँदिन मिन्दैन भन्ने जवाफ आयो । जनताको रक्षाका लागि पहल गर्दा राज्यले दण्डस्वरुप मलाई कारबाही गर्छ भने म भोग्न तयार छु ।” 

आफ्नो नगरपालिकामा हालसम्म दुई हजार नौसयमा कोरोना संक्रमण देखिएको र ४४ जनाको मृत्यु भएको उनले बताए । परीक्षण गराउनेभन्दा नगराउने संक्रमित धेरै रहेको भन्दै उनले विभागसँग खोप उपलब्ध गराउन अथवा ५ करोडको खोप किन्ने कानुनी व्यवस्था नगरपालिकालाई मिलाइदिन आग्रह गरेको बताए । 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  ०७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro