site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं महानगरद्वारा छत्रपाटी चिकित्सालयलाई ५३ लाख मूल्यका दुई थान भेन्टिलेटर सहयोग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौ महानगरपालिकाले आज छत्रपाटी निःशुल्क चिकित्सालय (महानगरको विशेष कोभिड अस्पताल) लाई थप २ थान भेन्टिलेटर सहयोग गरेको छ । बिहीबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा. मनोजमान श्रेष्ठलाई उपकरण हस्तान्तण गरे ।

यसअघि गएको जेठ ८ गते भीजी ७० मोडलका २ वटा भेन्टिलेटर दिइएको थियो । यी भेन्टिलेटर महानगरलाई भगिनी सहर ल्हासाबाट प्राप्त भएका थिए । आज हस्तान्तरण गरिएका भेन्टिलेटर महानगरको अनुदानमा अस्पतालले खरिद गरेको हो । जर्मनमा उत्पादन भएका यी उपकरणको मूल्य प्रतिगोटा करीब २६ लाख ५० हजार रुपैयाँ रहेको अस्पतालले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

महानगरका मातहतमा रहेका १४ वटा आइसोलेसन सेन्टरका ५ सय ७४ वटा वेडमध्ये आज विहानसम्ममा १ सय ४३ वेडमा विरामी रहेका छन् । बाँकी खाली नै छन् । आवश्यक पर्नेले आफ्नो वडाध्यक्षलाई सम्पर्क गरेर निःशुल्क खाना र उपचारसहितको सेवा लिन सकिने महानगरले जनाएको छ ।

अस्पतालमा अहिले कोभिड भएर अक्सिजन दिनुपर्ने ५ जना बिरामी एचडीयूमा र ९ जना बिरामी साधारण बेडमा उपचार भइरहेको छ । 

Global Ime bank

अस्पताललाई एनेस्थेसिया मेसिन प्राप्त 

आजै अरनिको समाजले अस्पतालाई १ थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने सामान तथा उपकरण प्रदान गरेको छ । यसमध्ये एनेस्थेसियाको मूल्य करिब २६ लाख ५० हजार रुपैयाँ हो । यी सामाग्री तथा उपकरण नेपाल र चीनको दौत्य सम्बन्धबाट प्राप्त भएका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय