site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आउने आउँछन् नआउने छुट्छन्, ओलीको छलछाममा अल्झन सकिँदैन : माधव नेपाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)भित्रको विवाद अब औपचारिक विभाजनको दिशातिर अघि बढेको छ । पार्टीले साधारण सदस्यसमेतबाट कारबाही गरेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले अहिले पनि छलछाम गर्न खोजिरहेको बताएका छन् । आफूनिकट जनसंगठनहरूको भर्चुअल भेलामा नेता नेपालले नयाँ पार्टी (आन्दोलन) विकास गर्नुको विकल्प नरहेको बताएको एक नेताले जानकारी दिए ।

“मैले गोकर्ण विष्टलाई तीन दिनभित्र छिनोफानो गर्न भनेको थिएँ । तर, यसबीचमा ठोस प्रगति भएको छैन,” नेता नेपालको भनाइ उद्धृत गर्दै एक जनसंगठन प्रमुखले भने, “प्रधानमन्त्री ओली सुध्रिने, सच्चिने संकेत मिलेको छैन । उनले जेठ २ मा फर्कने भनेर वक्तव्यबाजी पनि गर्न सक्छन् । तर, उनको विगत हेर्दा सम्झौता पालना गर्ने कुरा खण्डित हुने देखिन्छ ।”

नेता नेपालले गत पुस १ गतेको उदाहरण दिएको ती नेताको भनाइ छ । नेकपा विवाद उत्कर्षमा पुगेको बेला पुस १ गते असन्तुष्ट तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र चौथो वरीयताका नेता माधवकुमार नेपाल समूह राष्ट्रपति कार्यालयमा विशेष अधिवेशन माग गर्दै समावेदन दर्ता गर्न राष्ट्रपति कार्यालय पुगेको थियो ।

Dabur Nepal
NIC Asia

त्यतिबेला स्थायी कमिटी बैठक चलिरहेको थियो । समावेदन दर्ता गर्न पुगेपछि दुवैतर्फका दोस्रो तहका नेता, सुवास नेम्वाङ, विष्णु पौडेल, घनश्याम भुसाल, योगेश भट्टराईलगायतले राष्ट्रपति कार्यालयमा दर्ता भएको समावेदन फिर्ता गर्ने र प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्ने सहमति भएको थियो ।

सहमति मुतावित आफूहरू राष्ट्रपति कार्यालय (शीतलनिवास)बाट फिर्ता भएको तर, ओलीले अध्यादेश फिर्ता नलिई त्यही आधारमा निर्णय, नियुक्ति–सिफारिस प्रक्रिया अघि बढाएको नेता नेपालले बुधबारको भर्चुअल भेलामा बताएका थिए । यसले पनि ओली सम्झौताप्रति पटक्कै इमान्दार हुँदैनन् भन्ने प्रमाणित गर्ने नेता नेपालको भनाइ रहेको भर्चुअल भेलाका सहभागी बताउँछन् ।

“त्यसकारण ओलीको छलछाममा अल्झने कुरा छैन । अहिले अदालतमा मुद्दा विचाराधीन छ । संसद् पुनःस्थापनाको सम्भावना छ । यसले पनि उनले अल्झाउन खोजेका हुनसक्छन् । उनीलाई सांसदहरू देखाउन पर्ने पनि हुनसक्छ । तर, आउने आउँछन्, नआउने आउँदैनन् । हामी ओलीको कुरामा मख्ख पर्नेवाला छैनौँ,” नेता नेपालको भनाइ उद्धृत गर्दै अर्का जनसंगठनका नेताले भने ।

त्यस्तै नेता नेपालले अहिले दोस्रो तहका नेताहरूको छलफलबारे आफूलाई धेरै थाहा नभएको बताएका थिए ।

“घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईहरूसँगको छलफलबारे उहाँले धेरै खुलाउनु भएन, बरु अनभिज्ञता प्रकट गर्नुभयो । त्यसको उपादेयता नरहने बताउनुभयो । ओलीले सम्झौता पालना गर्दैनन् । धोका दिन्छन् भन्ने नै उहाँको निष्कर्ष थियो,” ती नेताको भनाइ छ  ।

खनाल–नेपाल समूहनिकट युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले नेता नेता नेपालले अहिले पनि आफू एकताकै पक्षमा अडिग रहेको तर ओलीको व्यवहारले त्यो सम्भावना दूर रहेको बताएको जानकारी दिए ।

नेता नेपालले जेठ २ मा फर्कने हो भने त्यसको इमान्दार कार्यान्वयनको विश्वास दिलाउनुपर्ने बताएको शाहीको भनाइ थियो । “जेठ २ मा फर्कने प्रतिबद्धता जनाएर मात्र हुँदैन । त्यसको इमान्दार कार्यान्वयन हुनुपर्छ । फागुन २३ अघि र फागुन २८ पछि गरिएको सम्पूर्ण निर्णय खारेज हुनुपर्छ । एक व्यक्ति एक पद लागु हुनुपर्छ । नवौं महाधिवेशनबाट पारित विधानको अक्षरशः पालना हुनुपर्छ । तर ओलीबाट त्यो सम्भावना देखिएको छैन,” नेता नेपालको भनाइ उद्धृत गर्दै शाहीले भने ।

जनसंगठन प्रमुखहरूले पनि रूपान्तरणसहितको पार्टी एकता आवश्यक रहेको औंल्याएको शाहीको भनाइ थियो । “यथास्थितिमा, यही हालतमा ओलीसँग मिलेर जानुको कुनै अर्थ छैन । पार्टी दक्षिणपन्थी भासमा गइसकेको छ । कम्युनिस्ट आन्दोलनभित्रको लोकतान्त्रिकीकरण पनि क्षयीकरणको दिशामा गइसकेको छ । हामीलाई रूपान्तरण क्रान्तिकारी चेतसहितको पार्टी चाहिएको छ,” जनसंगठनका अध्यक्षहरूले राखेको कुराको सार खिच्दै नेता शाहीले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro