site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकाका पाँच स्थानकाे वायु अस्वस्थकर
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकाका पाँच स्थान बुधबार अस्वस्थकर बनेका छन् । वातावरण विभागका अनुसार बिहान ११ बजे काठमाडौंको शंखपार्कको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) सबैभन्दा खराब १६८ छ । रत्नपार्कको एक्यूआई १६० पुगेको छ ।

ललितपुरको खुमलटारको एक्यूआई १६६, भैँसेपाटीको १५५ र भक्तपुरको १५९ मापन भएको छ । यीबाहेक अन्य सहरको एक्यूआई १५० भन्दा कम छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । 

२०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro