site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बसाइँसराइको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै
बसाइँसराइले रित्तिएको हिमालपारिको जाङ गाउँ ।

काठमाडौं । मुलुकमा बसाइँसराइको क्रम नरोकिएको खण्डमा पुख्यौली थाँतथलो सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको नेपालमा आन्तरिक बसाइँसराइ प्रतिवेदनले उक्त डरलाग्दो स्थिति देखाएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालभित्र आफ्नो मूलथलो छोडी बसाइँ सर्नेको अनुपात २९.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डरीराज लामिछानेले बताए । 

उनले सबैभन्दा बढी स्थायी आन्तरिक बसाइँसराइ गर्ने जनसंख्या पहाडमा रहेको बताए । उनका अनुसार, पहाडबाट विगत १० वर्षको अवधिमा ३२ प्रतिशत नागरिकहरू सरेका छन् भने तराईबाट २८.९ प्रतिशत नागरिक बसाइँ सरी अन्यत्र गएका छन् । हिमाली क्षेत्रबाट १३.८ प्रतिशत नागरिक बसाइँ सरेको उनले जानकारी दिए ।

बसाइँ सरेकामध्ये २५.९ प्रतिशत आश्रित भएर गएका, २४.९ प्रतिशत विवाहले गर्दा बसाइँ सरेका तथा १९ प्रतिशत नागरिक कामको अवसरको कारण बसाइँ सरेर गएको जानकारी दिए । यद्यपि, नेपालमा आश्रित जनसंख्याभन्दा काम गर्ने जनसंख्या अधिक अनुपातमा रहेको उनको भनाइ छ ।

उनले मुलुकमा सक्रिय उमेर समूह अर्थात् काम गर्नसक्ने उमेरसमूहको जनसंख्या ६५.२ प्रतिशत रहेको उल्लेख गरे । प्रतिवेदन सार्वजनिक गर्दै उनले १५ वर्षमूनिका र ६५ वर्षमाथिको जनसंख्या क्रमशः २७.८ र ६.९ प्रतिशत रहेको बताए ।  

उनले अन्यत्रको तुलनामा तराई क्षेत्रमा जनसंख्या वृद्धिदर उच्च रहेको जानकारी दिँदै यही अनुपातमा जनसंख्या वृद्धि भएको अवस्थामा तराईले थेग्न नसक्ने उल्लेख गरे । समग्र मुलुकको प्रजनन् दरमा समेत कमी हुँदै जाने तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय जनगणना २०७८ का पाँचवटा विषयगत प्रतिवेदन सार्वजनिक गरेको हो । ग्रामीण क्षेत्रको कोरा जन्मदर १५.७ छ भने सहरी क्षेत्रको १३.६ रहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ०६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro