site stats
बाह्रखरी :: Baahrakhari
खेल
पूर्वअध्यक्ष गणेश थापामाथि अनुसन्धान र कारबाही गर्न पत्राचार गर्ने एन्फाको निर्णय

काठामाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नियमित साधारणसभा आगामी वैशाख २६ गते हुने भएको छ । सोमबार एन्फा मुख्यालयमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले आगामी वैशाख २६ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

एन्फाका अनुसार सोही साधारणसभामा १ अर्ब ५६ करोड ३२ लाख नौ हजार ४५० रुपैयाँको वार्षिक अनुमानित बजेट पनि प्रस्तुत गरिनेछ  । एन्फाले आगामी कार्यकालको निर्वाचनका निम्ति समेत निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति समेत गठन गरेको छ  । 

Argakhachi Cement Island Ad

एन्फाले जनाएअनुसार निर्वाचन समितिमा अधिवक्ता रामचन्द्र गौतमको संयोजकत्वमा अधिवक्ता सम्झना केसी, अधिवक्ता लोकेन्द्रबहादुर ओली र सुजन राई वैकल्पिक सदस्य समिलित चार सदस्य छन् । अधिवक्ता रामचन्द्र पाैडेलकाे संयोजकत्वममा गठन गरिएको निर्वाचन पुनरावेदन समितिमा रवि सिंह, सञ्जय केसी सदस्य र अधिवक्ता दिनेश राई वैकल्पिक सदस्य छन् ।

त्यस्तै, एन्फाले बैठकबाट संघका पदाधिकारीको विशेष प्रस्तावमा पूर्वअध्यक्ष गणेश थापामाथि आवश्यक छानबिन तथा अनुसन्धान गरी कारबाहीका निम्ति फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायमा आवश्यकताअनुसार पत्राचार गर्ने पनि जनाएको छ । थापामाथि भष्ट्राचार, फिफा निर्देशन उल्लंघनलगायत आरोप छ । 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्