site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकी प्रदेशकाे बजेट अधिवेशन सुरु
Sarbottam CementSarbottam Cement

पाेखरा । गण्डकी प्रदेश सभाको आठौंँ अधिवेशन (बजेट अधिवेशन) आजदेखि सुरु भएको छ । अधिवेशनअन्तर्गत आजको पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका तर्फबाट सदस्यले समसामयिक राजनीति, केन्द्र सरकारले घोषणा गरेको बजेटलगायतमा आआफ्ना धारणा राखे ।

जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तिका लागि भएका सबै किसिमका आन्दोलनका जगमा प्राप्त उपलब्धिलाई जोगाउनुपर्ने आवश्यकतामा जोड दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय जनमोर्चाका पियारी थापाले राजनीतिक विकृतिको महासंकटको भुमरीमा देश परेको बताए । 

नेकपा -माओवादी केन्द्र_का हरिबहादुर चुमानले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै संकट बढ्दै गएका अवस्थामा प्राप्त उपलब्धिको रक्षाका लागि आफूहरू एउटा कित्तामा उभिएको बताए । 

Global Ime bank

नेपाली काग्रेसका कृष्णचन्द्र नेपालीले दलहरू संवैधानिक र राजनीतिक दुवै मोर्चामा असंवैधानिक कदमका विरुद्ध लड्ने बताए । 

भौतिक पूर्वाधार तथा शहरी विकास तथा यातायात व्यवस्थामन्त्री रामशरण बस्नेतले राजनीतिक स्थिरताका लागि आफूहरू प्रतिबद्ध रहेको बताए । 

प्रदेशसभाको अर्को बैठक साेमबार दिउँसाे १ बजे बस्नेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  २२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय