site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समीकरण फेरिएपछि दलमा विचलन आउनु हुन्न : महासचिव पोखरेल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

ताप्लेजुङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ राजनीतिक समीकरणबाट सरकार बनेपछि नेपाली कांग्रेसमा देखिएको विचलन दुःखदायी भएको बताएका छन् ।

एमाले ताप्लेजुङको १२औँ जिल्ला अधिवेशनका क्रममा ताप्लेजुङ आएका महासचिव पोखरेलले मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नयाँ सरकार निर्माणपछि कांग्रेसले संसद् अवरोध गर्नु दुःखदायी भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“नयाँ घटना कुनै केही भएका छैनन्, आफैँले प्रधानमन्त्रीका रूपमा प्रस्ताव राख्ने र त्यही व्यक्ति गृहमन्त्री भएपछि प्रतिशोध साँध्ने जुन प्रकारको नीति नेपाली कांग्रेसको रह्यो, त्यो अत्यन्त दुःखद छ भन्ने मलाई लाग्छ,” पोखरेलले भने ।

गल्ती गर्ने व्यक्तिका बारेमा छानबिन, दण्डित हुनु स्वाभाविक भए पनि जिम्मेवार पार्टीले एकै व्यक्तिलाई कहिले प्रधानमन्त्रीका रूपमा योग्य देख्ने र कहिले गृहमन्त्रीका निम्ति अयोग्य देख्ने चरित्र हुनु स्वाभाविक नभएको उनको टिप्पणी छ ।

Global Ime bank

यस्तै, जनता समाजवादी पार्टी, नेपालभित्रको विभाजनलाई उनले नयाँ समीकरणको रक्षाका निम्ति भएको विद्रोहका रूपमा टिप्पणी गरे ।

सरकार परिवर्तनका निम्ति षड्यन्त्र भइरहेको भन्दै उनले त्यसका विरुद्ध सांसदहरूले स्वयं विद्रोह गरेर समीकरणको रक्षाका लागि अघि बढ्ने प्रक्रिया सुरु भएको बताए । “यो समीकरणको रक्षाका लागि अगाडि बढ्ने प्रक्रिया सुरु भएको छ । जनता समाजवादी पार्टीका सातजना सांसदले नयाँ पार्टी खोल्ने भनेर प्रस्ताव प्रस्तुत गर्नुभएको छ । र, म ठान्दछु, त्यो संख्या अझै बढेर जान्छ ।”

लोकतन्त्रमा विधिसम्मत ढंगले भएका विभाजनलाई स्वीकार गर्नुपर्ने मान्यता आफूमा रहेको भन्दै उनले कानुनले दिएको अधिकारलाई प्रयोग गर्नु स्वाभाविक मान्नुपर्ने बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement