अर्थ व्यवसाय
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट लागु हुने गरि कर्मचारीको तलब दुई हजार रुपैयाँ बृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आज आर्थिक वर्ष २०७८/७९को बजेट वक्तब्य सार्वजनिक गर्दै सरकारी कर्मचारीको तलब बृद्धि गरेको जानकारी दिएका हुन् ।
सबै तहका कर्मचारीको समान रुपमा दुई हजार रुपैयाँ तलब बृद्धि गरिएको हो । कर्मचारीको मनोबल उच्च बनाउन र सार्वजनिक सेवालाई चुस्त बनाउन तलब बृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए ।
महङ्गी भत्तालाई निरन्तरता दिइएको छ ।
यस्तै कर्मचारीहरुको १० लाख दुर्घटना बिमा र १ लाखको स्वास्थ्य बीमा प्रिमियम पनि सरकारले तिरिदिने उनले घोषणा गरे ।
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८ १८:२३
प्रतिक्रिया दिनुहोस्