site stats
बाह्रखरी :: Baahrakhari
देश
करुणा नेपालले उपलब्ध गरायो अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर 

काठमाडौं । कोभिड– १९ बाट संक्रमित सिकिस्त बिरामीहरुका लागि अत्यावश्यक अक्सिजनको अभावले निकै कठिन अवस्था उत्पन्न भएको छ । यस्तो अवस्थामा करुणा नेपालले जोहो गरेको सात लिटरको अक्सिजन कन्सन्ट्रेटर विभिन्न अस्पताललाई उपलब्ध गराइएको छ ।

“यस कठिन समयमा थोरै भए पनि मानवीय सहयोग गर्न पाउँदा करुणा फाउन्डेसन, नेपाल सन्तोष अनुभव गरेको छ,” जारी विज्ञप्तिमा भनिएको छ, “विश्वास छ, यस सहयोगले अस्पतालहरुमा चिकित्साकर्मीले गरिरहेको उदाहरणीय कार्यमा मद्दत पुगेर केही जीवनहरु बचाउन सकिनेछ । चिकित्सक तथा अन्य स्वास्थकर्मीहरुको यस घडीको कर्तव्य निवारणलाई संस्था सलाम गर्न चाहन्छौँ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

करुणा नेपालले धुलीखेल अस्पताल, धुलीखेललाई आठ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जलाई आठ, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुलाई    दश, टीकापुर अस्पताल, टीकापुर कैलालीलाई दुई र आडारा, हुम्लालाई दुईवटा उपलब्ध गराएको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १९:३९
प्रतिक्रिया दिनुहोस्