site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अफगानिस्तानको पश्चिमी फराह प्रान्तमा विद्रोही समूहकाे आक्रमणबाट २० सैनिक मारिए
फाइल तस्बिर

बालाब्लोक । पश्चिमी फराह प्रान्तको बालाब्लोक क्षेत्रमा सोमबार सैन्य चौकीमा अफगानी विद्रोही समूहले आक्रमण गर्दा २० सैनिकको मृत्यु भएको छ ।

घटनाको प्रान्तीय परिषद्का उपप्रमुख खैर मोहम्मद नोर्जाइले पुष्टि गर्नुभएको छ । यद्यपि घटनामा भएको मृत्यु र घाइतेबारे फरक फरक भनाइहरू सार्वजनिक भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तालिबान लडाकूले सुरुङ्गको प्रयोग गरी बालाब्लोक जिल्लाको सैन्य चौकीमा सोमबार बिहानको समयमा विस्फोट गराएका नोर्जाइलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । विस्फोटपछि सैनिक र विद्रोहीबीच दोहोरो झडप भएको र कैयौँ घाइते भएका एक प्रत्यक्षदर्शीले सिन्ह्वालाई बताए । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताउँदै नोर्जाइले उक्त घटनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बढ्नसक्ने जानकारी दिए । 

यसैबीच, फराह प्रान्तका गभर्नर ताज मोहम्मद जाहेदले घटनाको पुष्टि गर्दै भने,  “घटना बालाब्लोक जिल्लाको शिवान इलाकामा भएको र सोमबार बिहान सैन्य चौकीमा विस्फोट गराएपछि कम्तीमा छ सैनिकको मृत्यु भएको एक सैनिक सम्पर्कविहीन रहेका छन् । ”  

जाहेदकाअनुसार घटनामा आक्रमणकारी तालिवान समूहका कम्तीमा १० लडाकु मारिएका र कैयौँ घाइते भएका छन् । 

तर फराह प्रान्तीय परिषद्का पूर्व सदस्य मसूद बख्तावारले सेनाको शिविरमा रहेका सबै ३० सैनिक मारिएको बताए । 

फराह प्रान्तका प्रहरी वा सेनाका अधिकारीहरूले घटनाबारे अझै कुनै टिप्पणी गरिसकेका छैनन् । रासस

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  २२:४७
प्रतिक्रिया दिनुहोस्