site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाले यो साता भारतमा थप १० नेपालीको मृत्यु  
Ghorahi CementGhorahi Cement

लण्डन  । यो साता भारतमा थप १० जनासहित ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।   हालसम्म भारतमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । 

यो सातामा साउदीमा थप एक जनाको संक्रमणका कारण ज्यान गएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको शनिवार साँझसम्म तयार पारेको तथ्यांक अनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।   

Agni Group

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत रहेका २० हजारभन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढीकोरोना मुक्त भएका छन् ।  

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने ती मध्ये ८२ हजार १९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।  

Global Ime bank

अध्यक्ष पन्तलाई कोरोना संक्रमण   

गैरआवासीय नेपाली संघका अध्यक्ष तथा’कोभिड १९’ उच्चस्तरिय समितिका संयोजक कुमार पन्तलाई कोरोना संक्रमण भएको छ । संघको सक्रियतामा निर्माण भएको गोर्खास्थित एनआरएनए नमुना बस्ती हस्तान्तरण, नेपालमा १० अर्ब लगानी लगायतको परियोजनालाई मूर्तरुप दिन विगत केही सातादेखि नेपाल भ्रमणमा रहेका पन्तलाई आइतवार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।  


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC