site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीले विश्वासको मत लिन लागेपछि बोलाइएको कांग्रेस बैठक स्थगित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन अधिवेशन आह्वान गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक डाकेका थिए । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा सामान्य समस्या आएको जानकारी पछि देउवाले बैठक स्थगित गरेका हुन् । 

“आजका लागि सभापतिले डाक्नुभएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक स्थगित भएको छ,” कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, “रामचन्द्र दाइको स्वास्थ्यमा सामान्य समस्या भएका कारण भोलिको लागि सार्नुभएको छ ।”
 
कांग्रेस बैठकमा पार्टी महाधिवेशनको आन्तरिक विषयसँगै प्रधानमन्त्री ओलीले बहुमतको विश्वास छँदाछँदै संसद अधिवेशन आह्वान गरेर विश्वासको मत लिन लागेको विषय पनि छलफलको मुद्दा बन्ने बताइएको थियो । प्रधानमन्त्री ओलीले विश्वावको मत लिन लाग्दा पार्टी रणनीति कस्तो हुने र अन्य दलसँगको सहकार्य कसरी अघि बढाउने भन्ने विषयमा कांग्रेसले पदाधिकारी बैठकबाटै रणनीति तय गर्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement