site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
किन संक्रमित हुँदै छन् दुई डोज खोप लिनेहरु ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय कोभिड–१९ विरुद्धको दोस्रो डोज खोप लिइसकेका व्यक्तिहरु संक्रमित भएको खबर धेरै आउन थालेका छन् । कतिपयले आफूले दुवै डोज खोप लिए पनि संक्रमित भएको भन्दै सतर्क हुन आग्रह गर्दै सामाजिक सञ्जालमार्फत सन्देश दिएका छन् ।

नेपालमा हालसम्म चार लाख २९ हजारजनाले दुवै डोज (कोभिसिल्ड) खोप लगाएका छन् भने १६ लाख ६२ हजार ५११ जनाले पहिलो डोज कोभिसिल्ड र भेरोसेल खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

यसो भन्छन् विज्ञ
स्वास्थ्यका दृष्टिकोणले दोस्रो डोज खोप लगाएको दुई हप्ता अर्थात् १४ दिन पूरा भएपछि मात्रै पूर्ण खोप लिएको मानिन्छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार सामान्यतः पूर्ण खोप लिएको १४ दिनपछि मानिसको शरीरमा एन्टिबडीको विकास हुन थाल्छ । खोपमार्फत दिइएको कम्पोनेन्टले स्वास्थ मानिसको शरीररमा प्राकृतिक रुपमा विकास भएको एन्टिबडीजसरी नै काम गर्दछ र थप विकासका लागि मद्दत पुर्‍याउँछ ।

तर, १४ दिन नपुग्दासम्मको अवधिमा मानिसलाई संक्रमण हुने सम्भावना कायमै रहन्छ । त्यसैले खोप लिइसकेका व्यक्तिहरुले पनि सजग रहन र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन डा. पुन सुझाव दिन्छन् ।

Global Ime bank

खोपको प्रभावकारिता अध्ययनले के भन्छ ? 
खोप परीक्षणका क्रममा देखिएको प्रभावकारिताले खोप लगाइसकेपछि कति सुरक्षित हुने भन्ने निर्धारण गर्दछ । भारतमा विकास भएको अक्सफोर्ड अष्ट्राजेनिका कोभिसिल्ड खोप दोस्रो मात्रा लगाएपछि ९० प्रतिशत सुरक्षित हुने वितरक सिरम इन्स्टिच्युट अफ इन्डियाले दाबी गरेको छ ।

‘युनिभर्सिटी अफ वासिङटन, स्कुल अफ मेडिसिन’ले खोपको प्रभावकारिता प्रतिशत नै यसले गर्ने सुरक्षा रहेको जनाएको छ । अर्थात् कोभिसिल्ड खोपको प्रभावकारिता ९० प्रतिशत हो भने यो खोप लिएका ९० प्रतिशत मानिस संक्रमित हुनबाट बच्छन् । यदि, उनीहरुमा संक्रमण भइहाले पनि लक्षण नदेखिने खालको संक्रमण हुन्छ । बाँकी १० प्रतिशतमा भने संक्रमण देखिए पनि सिकिस्त नहुने र अस्पतालसम्म पुग्ने अवस्था नहुने युनिभर्सिटीको अध्ययनले देखाएको छ ।

खोप लगाएका व्यक्ति संक्रमित भएमा अरुलाई सार्ने सम्भावना हुन्छ/हुँदैन ?
युनिभर्सिटी अफ वासिङटन, स्कुल अफ मेडिसिनका अनुसार पूर्ण खोप लिएका व्यक्तिमा संक्रमण भइहाले पनि उनीहरुको शरीरमा भाइरल पार्टीकल्स (संक्रमण गराउने जीवाणुहरु)को मात्रा कम हुन्छ । हालसालै प्रकाशित ‘प्रिप्रिन्ट’को रिपोर्ट अनुसार इजरायलमा दुई हजार ८९७ जना पूर्ण खोप लिएका व्यक्तिहरुमा गरिएको अध्ययनमा अधिकांशको शरीरमा भाइरसको मात्रा नगन्य देखिएको थियो । जुन मात्रा संक्रमित भएर निको भएका तर खोप नलिएकाहरुमा एकतिहाइ देखिएको थियो ।

सो अध्ययनकर्ता टोलीले भाइरल पार्टीकल्स थोरै हुनु भनेको अरुलाई सर्ने सम्भावना कम हुनु रहेको निष्कर्ष निकालेको थियो । यस अर्थमा पूर्ण खोप लिएका व्यक्ति संक्रमित भइहालेको खण्डमा पनि अरुलाई सार्ने सम्भावना भने करिब शून्य रहेको अनुसन्धानकर्ताहरुको ठहर छ ।

तर, कोभिसिल्ड खोप लगाएकाहरुको हकमा पनि खोपले शतप्रतिशत सुरक्षा गर्न नसक्ने भएकाले मास्क लगाउन र भौतिक दूरी कायम गर्न भारतको रोग नियन्त्रण तथा सुरक्षा केन्द्रले सुझाव दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC