site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा मास्क नलगाइ हिँड्ने १६ सय जनालाई सडकमै उभ्याइयो
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा मास्क नलगाइ हिँड्नेलाई प्रहरीले सडकमै उभ्याएर राख्न थालेको छ ।

सोमबार बिहानमात्रै काठमाडौंका विभिन्न स्थानमा गरेर १६ सयजनालाई सडकमै ‘होल्ड’ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार यसअघि मास्क अनिवार्य लगाउन प्रहरीले पटक पटक आग्रह गर्दै आएको थियो । कोरोना संक्रमण बढेपछि यस्तो गर्नुपरेको उनको भनाइ थियो । ‘होल्ड’ गरेर राखिएकालाई केहीबेरपछि छाडिएको थियो ।

प्रहरीले सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा मास्क नलगाइ हिँड्नेलाई सडकछेउमै उभ्याएर राख्न थालेको हो ।

Global Ime bank

कोरोना संक्रमण बढेसँगै मास्क अनिवार्य गरे पनि कैयौँ स्थानमा अझै मास्कबिना हिँडिरहेको पाइएपछि सडक छेउमै उभ्याएर राख्न लागिएको हो ।

कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने विषयमा आजै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

तस्बिर ः सुनिल प्रधान
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !