site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘अवैधानिक ओलीले हामीलाई स्थायी कमिटीबाट हटाउन सक्दैनन्’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई तलैसम्म भूमिकाविहीन बनाउनेगरी कार्यविभाजन गरेपछि पार्टी फुटको घोषणा हुनमात्रै बाँकी छ । 

नेता खनालले केपी शर्मा ओलीको गुटले पार्टीका नेताहरूलाई भूमिकाविहीन बनाउने र स्थायी कमिटीबाट हटाउने अधिकार नराख्ने जिकिर गरेका छन् । पार्टी अध्यक्ष ओलीले दसौँ महाधिवेशन आयोजक कमिटीको बैठक बसेर कार्यविभाजनपछि बाह्रखरीलाई प्रतिक्रिया दिँदै उनले आजको निर्णयको कुनै अर्थ नरहेको बताए ।

“आज बसेको भने ओलीको गुटको बैठक हो । गुट आफैँमा अवैधानिक कुरा हो । अदालतको आदेशअनुरूप नचल्ने कुनै पार्टी हुँदैन,” आफ्नो तर्कमा उभिँदै खनालले भने, “गुटको बैठक राखेर नेताहरूलाई हटायौँ भन्नुको कुनै अर्थ छैन ।”

ओलीको कार्यशैलीले एमाले पुनःगठनको सान्दर्भिकता झन् उचाइमा पुगेको बताए ।

“ओलीले कस–कसलाई कारबाही गरे, के–के निर्णय गरे त्यसको कुनै मूल्य छैन । हामी एमाले पुनःगठन गर्दैछौँ । पुनःगठन अभियान झन् व्यापक बनेर जान्छ । यसले आन्दोलनलाई झन् बलियो बनाउँछ,” उनको जिकिर थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  २०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro