देश
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुँडालको संसदीय सुनुवाइ सकिएको छ । सुवेदी पछाडि अहिले नहकुल सुवेदीको सुनुवाइ सुरु भएको छ ।
न्याय परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीश रहेका चुँडाल र नहकुल सुवेदीको नाम गत फागुन २८ गते सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
उजुरी माग गर्ने, उजुरीकर्तासँग छलफल गर्ने प्रक्रिया पूरा भएपछि प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ गरिएको हो । संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नाम अनुमोदन गरेपछि न्यायाधीश बन्न बाटो खुल्नेछ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८ १४:३८
प्रतिक्रिया दिनुहोस्