site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीलाई सांसदहरूले भने– पार्टी विभाजन भए एमालेले एक सिट जित्दैन
फाइल तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।
Sarbottam CementSarbottam Cement

काठमाडौैं । असन्तुष्ट पक्षसँग समूहगत ‘डिल’ नगर्ने अडानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई ‘एक्ल्याउने’ रणनीति लिएका छन् । वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूह समानान्तर गतिविधिमा लागेका बेला पार्टी अध्यक्ष ओलीले सांसद र केन्द्रीय सदस्यलाई छुट्टा-छुट्टै भेट्न थालेका छन् ।

दलका नेतासमेत रहेका ओलीले निर्वाचन क्षेत्रमा भएका विकास–निर्माण र आयोजनाको अवस्था बुझ्न बोलाएको भने पनि निचोडमा नेपाल समूहलाई ‘एक्ल्याउने’ नै रहेको सांसदहरूले बताएका छन् ।

बिहीबार बिहान अध्यक्ष ओलीले कर्णाली प्रदेशअन्तर्गतका दैलेख, सुर्खेतका सांसदहरूलाई भेट्न बोलाएको राजबहादुर बूढाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीनिकट केही नेताहरूले केही दिनअघिदेखि नै भेट्न ताकेता गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“प्रधानमन्त्रीज्यूले धेरै दिनदेखि भेट्न खोज्नुभएको थियो, समय मिलेको थिएन,” बूढाले बाह्रखरीसँग भने, “हामी हिजो बिहान भेट्न गएका थियौँ । महन्थ ठाकुरहरूसँग पनि वार्ता चलिरहेकाले धेरै संवाद हुन पाएन ।”

प्रधानमन्त्रीलाई भेट्न दैलेखका सांसद् पार्वतीकुमारी विसुन्खे र सुर्खेत–१ का सांसद ध्रुवकुमार शाही पनि पुगेका थिए । सामूहिक भेटमा पार्टीको खस्कँदो अवस्था नै बताएको बूढाको भनाइ छ ।

Global Ime bank

“उहाँले सुरुमा विकास, निर्माण, निर्वाचन क्षेत्रको अवस्थाबारे नै चासो राख्नुभएको थियो । पार्टीका कुरा पनि भए,” भेटबारे प्रकाश पार्दै बूढाले भने, “हामीले अहिलेको पार्टीको अवस्था बतायौँ ।”

‘देशभर शून्य सिट आउँछ’
पार्टीभित्रको विग्रह फराकिलो बन्दै जाँदा त्यसको असर वडा तहसम्म परिसकेको कुरा आफूले राखेको बूढाले बताए । चैत ४ र ५ गते खनाल–नेपाल समूहले गरेको भेलामा देशभरिबाट नेता–कार्यकर्ता धुइरिएर आएको देखाउँदै आफूले नेताहरू मिल्नुको विकल्प नरहेको बताएको उनको भनाइ छ ।

“चैत ४ र ५ गतेको भेलामा झलनाथ खनाल र माधवकुमार नेपालको अनुहार हेरेर मात्रै कार्यकर्ता आएका होइनन् । महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्दा पार्टी तलैसम्म चिरा परेको थियो,” बूढाले भेटमा भनेको कुरा बताए, “अहिले विग्रह बढ्दै जाँदा आधारभूत तहसम्मै समानान्तर संरचना बन्न थालेका छन् । त्यसको असर आउँदो चुनावमा पर्छ ।”

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्र र एमाले मिल्दा पनि ३८ भन्दा बढी निर्वाचन क्षेत्रमा एक हजारको मात्रै मतान्तर रहेको बताउँदै अहिलेको अवस्थामा चुनाव भए शून्य सिटमा समेटिने अवस्था आउने बताएको उनले जानकारी दिए ।

“अहिले २०५४ सालको विभाजनको अवस्थाजस्तो मात्रै छैन । वडा–वडामा दुईवटा समूह तयार भएको छ । एकले अर्कालाई असहयोग गर्ने, हराउने अवस्था आउँछ । त्यसो हुँदा कर्णालीमा एक सिट जित्ने अवस्था छैन । सुदूरपश्चिममा पनि त्यस्तै छ । प्रदेश–१ मा पनि त्यस्तै अवस्था रहेको साथीहरूले बताएका छन् । देशभरि नजित्ने अवस्था भएपछि यो विग्रह केका लागि ?,” उनले प्रधानमन्त्रीलाई भनेको कुरा बाह्रखरीलाई पनि बताए ।

सांसदहरूले वस्तुगत अवस्था बताएपछि प्रधानमन्त्री गम्भीर बनेको बूढाको भनाइ छ । अरू दिनको तुलनामा प्रधानमन्त्री केही संयमित देखिएको र चिन्तित पनि पाएको बूढाको जिकिर छ ।

“उहाँले नेता नेपाललाई होच्याउने, अतिरिक्त असन्तुष्टि पोख्ने केही गर्नु भएन । सकारात्मक नै पायौँ । जाँदा–जाँदै पार्टीलाई एकताबद्ध राख्न पहल भइरहेको पनि बताउनुभएको थियो,” बूढाको भनाइ छ ।

अन्तिममा आफूहरूले नेता नेपाललाई सडकमा ‘कुट्नु’भन्दा कोठाभित्र ल्याएर नै तह लगाउन भनेको पनि बताए ।

“नेता नेपालको पार्टी आन्दोलनमा विशिष्ट योगदान छ । अहिले सडकमा पुर्‍याएर कुट्नु भएन । पार्टीको मूली हुनुको नाताले धेरै जिम्मेवार तपाईं नै हुनुहुन्छ । मिलाउने दायित्व पनि तपाईंकै हो,” बूढाले भेटमा भएको संवाद दोहोर्‍याए, “माधव नेपालप्रति तपाईंलाई रिस छ भने कोठाभित्र नै राखेर तह लगाउनुस् ।”

जवाफमा ओलीले पार्टी मिलाउन पहल भइरहेकाले चिन्तित नहुन आग्रह गरेको उनको भनाइ छ ।

पार्टी महासचिव ईश्वर पोखरेललगायत नेताहरूले पनि नेपाल पक्षका नेता–सांसदहरूसँग संवाद गरिरहेको स्रोतको भनाइ छ । पोखरेलले केही दिनअघि काठमाडौं–८ का सांसद जीवनराम श्रेष्ठसँग पनि कुराकानी गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement