site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कोरोनाको त्रास हटुन्जेल दर्शकले चलचित्र हेर्नै त छोड्दैनन् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । ०७७ सालमा १० महिना सिनेमा हल बन्द भए । बाँकी समय ५० प्रतिशत अकुपेन्सीमा खुलेका हलमा जम्मा चारवटा चलचित्र रिलिज भए । तर, यी चलचित्रले दर्शक तान्न सकेनन् । त्यसैले ०७७ मा चलचित्र बजार सुनसान रह्यो ।

सुरु भएको वर्ष ०७८ साल चलचित्रका लागि कस्तो रहला ? अघिल्लो वर्ष सुनसान रहेको चलचित्र बजार यो वर्ष गुलजार होला ?

नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षको पहिलो दिन देशवासीका नाममा गरेको सम्बोधनमा तत्काल लकडाउन गर्ने सोच नरहेको बताए पनि विश्वका ठूला भनिएका विकसित देशहरुले पनि कोरोना दोस्रो लहरका कारण लकडाउन गरेको भन्दै जीवन पहिलो प्राथमिकता रहेको बताए । यसको अर्थ संक्रमणको दर फैलिएर अवस्था अनियन्त्रित भए लकडाउनमा जानुपर्ने पनि हुनसक्छ भन्ने हो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, नेपाली चलचित्रको बजारप्रभावित हुन लकडाउन नै हुनु पर्दैन । यसका लागि कोरोनाको त्रास नै काफी छ । २५ जनाभन्दा धेरै भेला हुन नपाउने निर्णय गरे रजतपट बन्दप्रायः हुन्छ । यही कारण गत वर्ष १० महिना हल बन्द भए ।

यो वर्ष अघिल्लो सालबाटै निर्माण सम्पन्न भएर बसेका तीन दर्जनभन्दा धेरै चलचित्र रिलिज गर्नुपर्नेछ । पोस्टमा रहेका दर्जनभन्दा धेरै चलचित्र पनि यही वर्षलक्षित चलचित्र हुन् । ठूलो संख्यामा अहिले छायांकनमा रहेका चलचित्र पनि यही वर्ष प्रदर्शन गर्ने सोचसहित मेकरहरुले काम गरिरहेका छन् ।

Global Ime bank

तर, यो वर्ष पनि शुभसंकेत देखिएको छैन । कोरोनाको दोस्रो लहर कहिलेसम्म रहन्छ भन्ने यकिन नभएका कारण यो वर्ष पनि चलचित्र क्षेत्र गुलजार होला भनेर अहिले नै भन्न नसकिने निर्देशक दीपेन्द्र के खनाल बताउँछन् ।

“सबैलाई सहयोग गर्ने सरकारले चलचित्र क्षेत्रलाई नजरअन्दाज गर्छ । कम्तीमा छायांकनमा जाने चलचित्रका कलाकार तथा प्राविधिकलाई निःशुल्क कोरोना परीक्षण तथा खोप लगाइदिन त सरकारले सक्थ्यो नि,” खनाल भन्छन्, “सरकारले अतिप्रभावित क्षेत्रमा होटेल तथा पर्यटन व्यवसायलाई राख्दा हामीलाई किन नजरअन्दाज गरिरह्यो ? त्यसैले आउँदो वर्ष पनि सरकारले चलचित्र क्षेत्रलाई सहजीकरण गर्छ भन्ने मलाई लाग्दैन ।”

अवस्था सहज होला÷नहोला निश्चित छैन । त्यसैले चलचित्र रिलिज हुन्छन्÷हुँदैनन् यकिन छैन । तर, यो वर्ष निर्माण हुने चलचित्र थुप्रै छन् । कोरोनाका कारण एकवर्ष कामविहीन निर्देशक यो वर्ष केही छायांकनमा गएर फर्किसकेका छन् भने कति छायांकनमा जाने अन्तिम तयारीमा छन् ।

राम्रै छवि बनाइसकेका चलचित्रकर्मीका चलचित्र आउने भएकाले केही राम्रा चलचित्र हेर्न पाइन्छ कि भन्ने अपेक्षा रहेको निर्देशक खनाल बताउँछन् ।

चलचित्र ‘लुट’ निर्देशक निश्चल बस्नेत पनि यही वर्ष चलचित्र निर्देशन गर्दै छन् । उनको चलचित्र ‘जिन्दावाद’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् ।

निर्देशक विनोद पौडेल पनि नयाँ चलचित्र निर्माणको तयारीमा छन् । यसका लागि उनले नयाँ चलचित्रको स्क्रिप्टमा काम गरिरहेका छन् । उनको यो चलचित्रले गाउँबाट काठमाडौं आएर संघर्षरत् युवाको कथा भन्ने छ ।

गत वर्ष ‘आमा’ निर्माण गरेका दीपेन्द्र के खनाल पनि ०७८ मा नयाँ चलचित्र लिएर दर्शकमाझ आउँदै छन् । उनको चलचित्र ‘चिसो मान्छे’को छायांकन सकिइसकेको छ ।

निर्देशक रामबाबु गुरुङ पनि यो वर्ष ‘कबड्डी–४’ को तयारीमा छन् । उनले रिलिज डेटसमेत तोकिसकेका छन् ।

कोरोनाका कारण अन्तिम समयमा पछि हटेको दीपकराज गिरी र दीपाश्री निरौलाको समूह पनि यो वर्ष ‘छक्का पञ्जा–४’को तयारीमा छ । ‘नाईं नभन्नू ल’को नयाँ सिरिजको तयारीमा विकास आचार्य पनि छन् ।

सौरभ चौधरीले निर्देशन गर्ने चलचित्र ‘प्रसाद–२’ पनि ०७८ मा आउँदै छ । विशाल भण्डारीको ‘कहानी तिम्रो मेरो’, सुलक्षण भारतीको ‘बोक्सीको घर’, मनोज पण्डितको ‘एक’ पनि यही वर्ष तयार हुने चलचित्र हुन् । प्रदीप भट्टराई पनि नयाँ चलचित्रको तयारीमा छन् ।

निर्माण सपन्न भइसके पनि कोरोनाका कारण गतवर्ष रिलिज भएर पनि प्रदर्शन हुन नपाएका चलचित्रहरु खगेन्द्र लामिछानेको ‘पानीफोटो’, झरना थापा निर्देशित ‘ए मेरो हजुर–४’ सन्तोष सेन र छेतेन गुरुङ निर्देशित ‘प्रेम गीत–३’, माओत्से गुरुङ निर्देशित ‘दयारानी पनि यही वर्ष रिलिज हुने चलचित्र हुन् ।

छायांकनमा रहेको दिनेश राउतको चलचित्र ‘प्रकाश’ पनि यही वर्ष तयार हुँदै छ । दीपेन्द्र लामाको ‘दुई नम्बरी’, सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु–२’, नारायण रायमाझीको ‘परदेशी–२’, निकेश खड्काको ‘चपली हाइट–३’, मिलन चाम्सको ‘गोर्खा वारियर–२’, ज्ञानेन्द्र देउजाको ‘झिँगे दाऊ’लगायत थुप्रै चलचित्र यही वर्षका लागि लक्षित छन् ।

तर, अहिलेकै अवस्था हर्ने हो भने हलको विकल्प खोज्नुपर्ने निर्देशक प्रदीप भट्टराई बताउँछन् । “कोरोना संक्रमणको त्रास लम्बिँदै जाँदा हलको विकल्प खोज्नुपर्ने अवस्था आयो । ठूलो बजेटका चलचित्रका लागि त अहिले पनि हल रिलिजको विकल्प छैन । तर, अब सानो लगानीमा चलचित्र बनाएर डिजिटल प्लेटफर्ममा रिलिज गर्नुपर्ने अवस्था आयो,” उनी भन्छन्, “हामी पनि अहिले सर्ट फिल्म तथा सिरिज निर्माणको तयारी गरिरहेका छौँ ।”

कोरोनाको त्रास हटेर अवस्था सामान्य बन्दा चलचित्र हेर्ने परम्पराकै अन्त्य हुने त होइन भन्नेखतरा बढेको उनको भनाइ छ । “कोरोना संक्रमणको त्रास हटिसक्दा दर्शक अन्त कता पो पुगिसक्ने हो कि भन्ने डर सिर्जना भयो । त्यसैले यो बीचमा सर्ट फिल्म तथा सिरिज बनाएर दर्शक होल्ड गर्नुपर्ने अवस्था आयो,” निर्देशक भट्टराई भन्छन्, “अवस्था सहज हुँदा मात्रै चलचित्र बनाउने र अहिले समय प्रतिकूल छ भनेर चलचित्र नबनाउने भनेको दर्शकलाई धोका दिनु हो ।”

सरकारले अपेक्षित सहयोग नगर्दा ५० प्रतिशत अकुपेन्सीमा चलचित्र रिलिज गर्न निर्माताहरु अग्रसर भएनन् । चलचित्र विकास बोर्डले प्रदर्शन र प्रचारका लागि ५/७ लाख रुपैयाँ दिने बताए पनि त्यसले निर्मातालाई आकर्षित गर्न सकेन । करोडौँ लगानी गरेर बनाएका चलचित्र जोखिम मोलेर प्रदर्शन गर्न नसकिने बताउँदै आएका निर्माताहरु यो वर्ष पनि कोरोनाको त्रास र सरकारी सहजीकरण उस्तै रहे चलचित्र बजार सुनसान नै रहने चलचित्रकर्मीहरु बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  ०६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC