site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कहिले रोकिन्छ मेलम्चीको पानी चुहावट ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेलम्चीको पानी राजधानीका तीन सयभन्दा धेरै ठाउँमा चुहावट भएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ । चुहावटको समस्या बढ्दै गएपछि सडक विभागले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)सँग छलफल गर्ने भएको छ ।
 
डिभिजन कार्यालयका प्रमुख कुबेर नेपालीका अनुसार राजधानीमा तीन सयभन्दा धरै ठाउँमा मेलम्चीको पानी चुहावट भइरहेको छ । उनले केयूकेएलको ‘र्यापिड रेस्पोन्स टिम’ले अहिलेसम्म थोरै स्थानमा मात्रै सडक मर्मत गर्न अनुमति लिएको बताए । ‘‘सडकमा जताततै चुहावट भएकाले यसको असर सडक विभागलाई परेको छ । पहिले जताततै सडकमा बिच्छ्याइएका पाइपबाट पानी चुहावट भइ सडक जलमग्न भएका थिए । अहिले पनि त्यस्तै अवस्था नआउला भन्न सकिँदैन्,” उनले भने । 
 
माग अनुसार मेलम्चीको पानी राजधानीका धारामा बढाउँदै जाँदा अहिले सडकमा चुहावट देखिएको छ । केयूकेएलका प्रवक्ता प्रकाश कुमार राई पुरानो पाइपलाइनबाट पानी पथान्तरण भएकाले समस्या आएको बताउँछन् । उनले राजधानीका भित्रि सडकका बिच्छ्याइएका खानेपानी र ढलका पाइपलाइन फुटेर पानी बाहिर निस्किएको बताए  । ‘‘रत्नपार्क, त्रिपुरेश्वर, नयाँ बानेश्वर, लाजिम्पाट, पानीपोखरीलगायत क्षेत्रमा बढी चुहावटको समस्या देखिएको छ । पहिलेदेखि नै ढलको समस्या देखिएका ठाउँमा खानेपानीका पाइप पनि फुटेका छन्,” उनले भने, ‘‘पहिलेदेखिका जिर्ण पाइपबाट पानी पठाउँदा ग्राहकले मर्मतको वास्ता गरेनन् । त्यसैको समस्या अहिले आइलागेको छ ।”

ढलबाट निस्किने ग्याँसले खानेपानीका पाइप कमजोर बनाउने केयूकेएलले जनाएको छ । ‘‘केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यका अनुसार प्रायजसो ठाउँमा लामो समय पानी आउन पाएन । त्यसैले हाउस कनेक्सनको समस्या पनि उत्तिकै छ,” शाक्यले भने । मेलम्ची खोनेपानी आयोजना बाहेकका निकायले पनि सडकमा विभिन्न काम गर्दा पाइपलाइन जिर्ण भइ चुहावट बढेको उनको भनाइ छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

शाक्य केयूकेएलबाट चुहावट रोक्न दैनिक र्यापिट रेस्पोन्स टिम खटिएर काम गरिरहेको बताउँछन् । उनी सुन्दरीजलका दुई प्रसोधन केन्द्रमा पानी पठाइ अब छिट्टै राजधानीमा १७ करोड लिटर पानी वितरणको तयारीमा केयूकेएल रहेको बताए । ‘‘पानी चुहावट भएपनि मर्मत गर्दै पानी वितरण गर्नेछौँ । सुरुमा एक हजार किलोमिटर नयाँ पाइपलाइनबाट पानी परीक्षण गर्ने तयारी गरेका छाैं । नयाँ पाइपलाइनमार्फत पानी वितरण थाले पनि चुहावटको समस्या आउने अनुमान लगाएका छौँ,” उनले भने, ‘‘हामीले पहिले पाइपलाइन परीक्षण गरेर मात्रै पानी पठाएका थियौँ  । तर, पनि चुहावटको समस्या आयो । ठाउँठाउँमा चुहावट मर्मत गरिरहेकैछौँ ।” 

चुहावट मर्मत गर्दै नयाँ वितरण प्रणालीबाट पानी वितरण गरिने केयूकेएलले जनाएको छ । नयाँ पाइपलाइन परीक्षण नभइसकेकाले अहिले पुरानै प्रणालीबाट पानी पथान्तरण भइरहेको छ । रिङरोड क्षेत्रमा ११ सय किलोमिटर पाइपलाइन तयार भइसकेको र परीक्षणको क्रममा रहेको छ ।
 
डिभिजन कार्यालयका प्रमुख नेपाली अनुसार धेरै ठाउँमा सडक खन्नुपर्ने र चुहावट टाल्नुपर्ने भएकाले सबैको छलफलमा काम गर्न डिभिजन कार्यालयको निष्कर्ष छ । त्यसैले मंगलबार केयूकएल लगायतका सम्बन्धीत निकायलाई छलफलमा बोलाइएको जानकारी नेपालीले दिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !