site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा भ्यान पल्टँदा दुईजनाको मृत्यु, सात घाइते
प्रतीकात्मक तस्बिर ।

चितवन । भरतपुर महानगरपालिका–१९, रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेका छन् । तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चारजनाको उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नम्बरको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दुर्घटनामा परेको हो । रासस

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १२:४३
प्रतिक्रिया दिनुहोस्