site stats
बाह्रखरी :: Baahrakhari
विशेष
ओली सरकारका चार मन्त्रीको सांसद पद गयो
टोपबहादुर रायमाझी र लेखराज भट्ट । फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । केपी शर्मा ओली सरकारका चार मन्त्रीको सांसद पद गएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित भई नेकपा (एमाले)तर्फ गएका उनीहरुले राजनीतिक दल त्याग गरेको सूचना नेकपा (माओवादी केन्द्र)ले गएको मंगलबार संसद् सचिवालयमा दर्ता गराएको थियो । आज त्यो सूचना सभामुखले संसद्मा पढेर सुनाएसँगै मन्त्रीहरु प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी र टोपबहादुर रायमाझीको पद रिक्त भएको हो ।

सांसद पद गएसँगै उनीहरुको मन्त्री पदसमेत समाप्त भएको छ । प्रधानमन्त्रीले उनीहरुलाई पुनर्नियुक्ति नदिए उनीहरु मन्त्री पदमा रहने छैनन् ।

पुनर्नियुक्ति भएमा बढीमा ६ महिनासम्म उनीहरुले मन्त्री पदमा बस्न पाउनेछन् । त्यस अवधिमै उनीहरु सांसद भएमा मन्त्री पदमा निरन्रता पाउन सक्नेछन् ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १५:१७
प्रतिक्रिया दिनुहोस्