site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मध्यपश्चिम विश्वविद्यालय विवाद : उच्च अदालतबाट प्रवेश परीक्षा रोक्ने आदेशलाई निरन्तरता
Sarbottam CementSarbottam Cement

काठमाडौं । उच्च अददालत सुर्खेतले मध्ये पश्चिम विश्वविद्यालय स्कुल अफ ल को वीएएलएलवीको पुनः परीक्षा रोक्ने निर्णयलाई निरन्तरता दिएको छ । विपक्षीले मागेको अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको आदालतले वैशाख १ गतेसम्म विश्वविद्यालयका निर्णयका सक्कल कागजात झिकाउन आदेश दिँदै ६ गतेका लागि पेसी तोकेको छ । 
 
न्यायाधीश द्वय राजेन्द्र सुवेदी र राजेन्द्र खरेलको संयुक्त इजलासले फागुन १२को मध्यपश्चिम विश्वविद्यालयको कार्यकारी परिषदको निर्णय, भर्ना समितिले प्रकाशित गरेको सूचना तथा प्रश्नपत्र निर्माण परीक्षा सञ्चालन तथा परीक्षाफल प्रकाशन सम्बन्धी कागजात रहेको सक्कल फाइल, छानबिन समिति गठन गर्ने निर्णय एवम् छानबिन समितिको सक्कल प्रतिवेदन, फागुन २३ र चैत १२ को कार्यकारी परिषदको निर्णयको सक्कल पुस्तिका र विएएलएलवीको प्रवेश परीक्षाको पाठ्यक्रम झिकाउन आदेश दिएको छ । 

गत फागुन १७ देखि १९ सम्म सञ्चालित विएएलएलवीको प्रवेश परीक्षाको नतिजा फागुन २१ मा प्रकाशित भएपछि प्रश्नपत्र बाहिरिएको भन्दै हल्ला चलेको थियो । त्यसको छानविनका लागि २३ गतेको समितिले छानविन समिति बनाएको थियो । चैत १२ मा परीक्षा रद्ध गरी २२ गतेका लागि अर्को प्रवेश परीक्षाको मिति तय गरेपछि नाम निकालेको विद्यार्थीका तर्फबाट माया पौडेलसहितले उच्च अदालतमा रिट दायर गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रवेश परीक्षमा विश्वविद्यालयका उपकुलपछिका भतिजाको उच्च मावीका विद्यार्थीको नाम ननिस्किएपछि परीक्षा रद्ध गर्न निर्णय भएको आरोप लागेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC